धनकुटा प्रेस सम्वाददाता
धनकुटा/राष्ट्रिय भूमि आयोग जिल्ला समिति, धनकुटाले भूमिहिन सुकुम्वासी र भूमिहिन दलित १ हजार, ४६ जनाले माग फारम भरेको जनाएको छ ।
आयोगले मंगलवार पत्रकार सम्मेलन गरेर आ.व.०७८÷०७९ को असार मसान्तसम्म भूमि आयोग जिल्ला समिति धनकुटाले गरेको कार्य प्रगतिको विविरणहरु सार्वजानिक गर्दै यस्तो जानकारी दिएको हो ।
भूमि आयोगका अध्यक्ष बलवहादुर राईले हालसम्म भूमिहिन सुकुम्वासी र भूमिहिन दलितहरु धनकुटा नगरपालिकामा ४ सय, पाख्रीवास नगरपालिकमा १९, महालक्ष्मी नगरपालिकामा ३ सय १, छथरजोरपाटी गाउँपालिकामा ५९, शहिदभूमि गाउँपालिकामा ४८, चौविसे गाउँपालिकमा ३१ र साँगुरीगढी गाउँपालिकामा १ सय ८८ सहित जम्मा १ हजार, ४६ जनाले फाराम भरेको बताए । त्यसैगरी अव्यवस्थित् वसोवासीमा धनकुटा न.पा.मा ७ सय, पाख्रीवास न.पा.मा ५ सय १९, महालक्ष्मी नगरपालिकामा १ हजार, ९ सय, १४, छथरजोरपाटी गाउँपालिकामा ६ सय, ४३, शहिदभूमि गाउँपालिकामा ६ सय, ९०, चौविसे गाउँपालिकमा १ हजार, ४१ र साँगुरीगढी गाउँपालिकामा २ हजार, ५५ जना गरि जम्मा ७ हजार, ५ सय, ६२ जनाले फाराम भरिसकेको वताए ।
आयोगमा विज्ञ सदस्य रमेश श्रेष्ठ प्रगति विवरण सार्वजानिक गर्दै ।
जस मध्ये रातो फारम (सुकुम्वासी) ले जिल्लाको सातै वटै स्थानिय तहमा जम्मा १ हजार र सेतो फाराम भर्ने भूमिहिन सुकुम्वासी सातै वटै तहका ६ हजार गरी जम्मा ७ हजारले फाराम भरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । पत्रकार सम्मेलनमा लगत संकलन र नाप जाँच सम्वन्धि विववरण, विगतका आयोग, समिति र कार्यादलका वाँकी कामको विवरण, समश्या, चुनौतीहरु र भावी योजनाहरुको वारेमा जानकारी दिइएको थियो । सो अवसरमा पहिलो चरणको लागत संकलन कार्य सकिएको पनि जानकारी दिइएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समितिको अध्यक्ष बल वहादुर राईको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा विषय विज्ञ रमेश श्रेष्ठ, अधिकृत प्रतिनिधि सदस्य विक्रम आमत्य, सदस्यहरु डिल्लीराम राई र खिममाया सिवाको उपस्थिति रहेको थियो ।
- Dhankutapress