Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पहिचानवादी कार्यकर्ता रिहाइ भएपछि दुई दिनदेखि भएको मेची राजमार्ग र ताप्लेजुङ्ग बन्द आज देखि फिर्ता

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

ताप्लेजुङ/ताप्लेजुङ्गमा पक्राउ परेका दुई पहिचानवादी कार्यकर्ता रिहाइ भएपछि दुई दिनदेखि भएको मेची राजमार्ग र ताप्लेजुङ्ग बन्द फिर्ता भएको छ । 

पूर्ब संघीय मन्त्री योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङ आएपछि आइतबार (मंसीर १०) गते भट्टराईको घरैमा कालो झण्डा प्रदर्शन तथा नारा जुलुस भएको थियो । सोही दिन भट्टराई चढेको गाडी जिल्ला सदरमुकाम पुग्दा ढुङ्गा प्रहारबाट क्षति भएको थियो । सोही आरोपमा पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले राति घरैबाट पक्राउ गरेको थियो ।

कोशी नाम खारेजी र पक्राउ परेका कार्यकर्ता रिहाइको लागि भन्दै संयुक्त संघर्ष समितिको आयोजनामा मंसीर १२ र १३ गते मेची राजमार्ग र ताप्लेजुङ बन्द भएको थियो । 

बुधबार साँझ ताप्लेजुङ संयुक्त संघर्ष समिति, जिल्ला प्रशासन, प्रहरी र विभिन्न पार्टीको सहमतिपछि पहिचानवादी कार्यकर्ताहरु रिहाइ भएका छन् । रिहाइपछि आजैबाट मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी जनाएको छ । 

प्रदेश १ को पुननामकरणको आन्दोलन सशक्त बन्दै जाँदा भट्टराईले संघीय संसदमा राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्पालाई सामुदायिक रुपमा गालि र पहिचान पक्षधर शिल्पी, खस/आर्यहरुलाई समेत असभ्य शब्द प्रयोग गरेको पहिचानवादीको आरोप छ । 

पूर्ब प्रधानमन्त्री केपी ओली, महेश बस्नेत र भट्टराईले पहिचानवादीलाई साम्प्रदायिक रुपमा गालि गरेको भन्दै कालो झण्डासहित विरोध गर्दै आएका छन् । कोशी नामको पक्षमा भोट दिने ८२ प्रदेश सभा सदस्यहरुलाई समेत कालो झण्डा प्रदर्शन गर्दै आएका छन् । 

  • Dhankutapress

थप