Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अपराधका घट्ना वढेको भन्दै फोनिजले १ नम्वर प्रदेश प्रहरी कार्यालयमा वुझायो ज्ञापनपत्र

सवैखाले अपराध नियन्त्रण गर्ने प्रहरी नायव महानिरिक्षको प्रतिवद्धता

  •   ४ वर्ष अघि | १९ भदौ २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

विराटनगर/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश नं.१ को विभिन्न स्थानमा सर्वसाधरण नागरिक माथि चोरी डकैति, ठगि जस्ता अपराधका घट्नाहरु दिनप्रतिदिन श्रृङ्गखलावद्ध ढंगले वढेको भन्दै प्रदेश प्रहरी कार्यालय विराटनगरलाई ध्यान आकर्षण गराएको छ । 

फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामाले १ नम्वर प्रदेश अन्तर्गतको मुख्य प्रवेशद्धार धरान वजारलाई विशेष गरेर आधार विन्दु वनाएर कोशि पहाडबाट झरेका सोझा, सिधा, सर्वसाधरण नागरिक माथि अपराधका घट्नाहरु घटिरहेको भन्दै प्रदेश प्र्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुदिप गिरिलाई शुक्रवार ध्यान आकर्षण गराएका हुन् । 

भेटघाट पछि एक अर्कामा तस्विर लिर्दै १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुदिप गिरि र आविासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश अध्यक्ष सन्तवीर लामा ।

प्रेषित ज्ञापन पत्रमा धरानलाई ट्रान्जिट पोइन्ट वनाएर भेडेटार, इटहरी आसपासको क्षेत्र, तरहरा हुँदै धरान आसपासको क्षेत्रमा पछिल्लो २ वर्ष यता सर्वसाधरण नागरिकहरु वढी मात्रामा ठगिएको उल्लेख गरिएको छ । प्रदेश नं.१ भित्र रहेका अन्य स्थानहरुको तुलनामा सुनसरीको धरान र इटहरी ठगि गर्ने गिरोहरुको अखडा बनिरहेको छ । अपराधीहरुले नक्कली सुनको टिल देखाएर किन सर्वसाधरण ठगिरहेका छन् ? भन्ने गम्भिर प्रश्न आम नागरिकमा उव्जिएको भन्दै प्रहरी प्रमुख गिरिलाई ज्ञापन पत्र मार्फत फोनिज अध्यक्ष लामाले ध्यानकर्षण गराएका छन् । 

ज्ञापन पत्र ग्रहण गर्दै प्रदेश नं.१ का प्रहरी प्रमुख सुदिप गिरिले आफू मातहतको स्थानहरुमा तत्काल अपराधी ठगहरुको पहिचान गरि पक्राउ गर्न आवश्याक प्रहरी अप्रेशनको लागि निर्देशन दिने प्रतिवद्धता जनाएका छन् । उनले तत्काल मातहतमा रहेको प्रहरी अधिकारीहरुलाई फोन गरेर सुनसरी जिल्ला अन्तर्गत इटहरी, तरहरा र भेडेटार आसपासको क्षेत्र हुँदै धरानमा भईरहेको ठगिको घट्नामा संलग्न गिरोहलाई पक्राउ गर्न निर्देशन समेत दिएका छन् । प्रदेश प्रहरी प्रमुख गिरिले ठगिको घट्नामा पिडित स्वयमको पनि कमि कम्जोरी र संलग्नता हुने हुनाले पत्रकारहरुले सचेतनाको लागि कलम चलाई दिन आग्रह गरे । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुदिप गिरिलाई शुक्रवार वुझाएको ज्ञापन पत्र ।  

धरानमा नक्कली सुनको टिल देखाएर विभिन्न मितिमा सर्वसाधरण र वृद्धवृद्धा माथि भएको ठगिको आधा दर्जन भन्दावढी घट्नाको विवरण पनि ज्ञापन पत्रमा प्रमाणको रुपमा उल्लेख गरेर पेश गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ–‘धरान आसपासको क्षेत्रमा नक्कली सुन देखाएर ठगि गर्ने गिरोहहरु १ जना अन्दाजी ७०÷७२ वर्षको देखिने पुरुष वृद्ध र अर्को जना पनि ५०÷५२ वर्षको जस्तो देखिने पुरुष मंगोलियन अनुहारका र १ जना मधेसमुलका अधवैसे उमेरका पुरुष रहेका छन ।’ हरेक घट्नामा तिन जना मध्ये पालो गरेर २ जनाकोे संलग्नता हुने गरेको पिडितहरुले वताएका छन् ।

पिडित मध्येका धनकुटा नगरपालिका वडा नं.६ घर भएका वर्ष ७४ का जिम्मा दोर्जे लामाले आफूलाई तामाङ भाषा वोल्ने एक अधवैसे युवाले इटहरीचोकबाट पिछा गरेर धरानको भोटेपुलमा झारेर ०७९ भाद्र २ गते दिउँसो ठगि गरेको बताए । उनले शुरुमा आफूलाई मेरो घर धनकुटाको हिले हो, मेरो कार छ, संगै जानु पर्छ भन्दै वसबाट झारेर भोटेपुलको सडक नजिकैको छाप्रिमा लगेर ठगि गरेको वताए । 

उनले छाप्रिमा वर्ष ७०÷०७२ का जस्ता देखिने मंगोलियन अनुहारको वृद्ध रहेको र निजले नमस्कार भन्दै आफ्नो थर मगर र घर काठमाण्डौं भएको परिचय दिएको वताए । ति वृद्धले आफूसंग राम्रो खालको सुनको विक्रि गर्नु पर्नेछ भन्दै इटहरीबाट आफूसंग आएका युवासंगै मिलेर नक्कली सुनको टिल देखाएर भ्रम सृजना गरेर डेडतोलाको सुनको औठी ठगि गरेको पिडित वृद्ध लामाले वताए । 

त्यसो त धनकुटा नगरपालिका वडा नं.१ सिप्तिङका वर्ष ६६ का चन्द्र वहादुर राईलाई पनि ०७९ जेष्ठ २० गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमजेन्सी अगाडीबाट २ जना अपरिचित पुरुष व्याक्तिबाट ठगिएको वताए । उनिहरुले नक्कली सुन टिल देखाएर आधा तोलाको आफ्नो सुनको औठी करिव ५० हजार वरावर लुटेको राईले बताए । 

यता साँगुरीगढी गाउँपालिका वडा नं.७ घर भएका वर्ष २९ का अनुषा राईले ०७९ जेष्ठ २० गतेकै दिन भेडेटारबाट आउने क्रममा आफू लुटिएको वताईन । उनले धरान स्थित् शिक्षा निकेतन माविको नजिकै २ जना पुरुषबाट १३ आनाको सुनको औठी र ९ हजार नगद सहित करिव १ लाख रुपयाँ नक्कली सुनको टिल देखाएर ठगि गरेको वताईन । तराई मुलको जस्तो देखिने एक जना र अर्को भने राई लिम्वु जस्तो अनुहार देखिने दुई जना पुरुषबाट आफू ठगिमा परेको पिडित अनुषा राईले ब्लाष्टलाई मोवाईल मार्फत फोन गरेर वताईन ।    

त्यसैगरी धरान उप–महानगरपालिका वडा नं.१६ पार्वतीमार्ग घर भएकी वर्ष ७२ की लालमाया राईलाई पनि घरबाट चस्मा वनाउन वजार निस्कने क्रममा ठगिमा परेको भन्दै उनका नातिनिले प्रहरीमा उजुरी दिएका छन् । घरबाट निस्किएपछि ट्याम्पोबाट २ पुरुषले पिछा गरेर पुतली लाईनको कुखुरा वजार गल्लीमा तपाई त मेरी आमा जस्तै हुनुहुँदो रहेछ भन्दै फसाएका थिए । उनिहरुले ४ लाख, ५० हजार वरावरको सुनको सिक्रि र कुण्डल नक्कली सुनको टिल दिएर ठगि गरेको प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ । 

‘सोझा सिधा नागरिक माथि लामो समय देखि अन्याय परिरहँदा, ठगले लाखौं रुपयाँ ठगि रहँदा प्रहरीले किन अपराधि फेला पार्न सक्दैन, घट्नाले नेपाल प्रहरीको कामकार्वाही र अनुशन्धान माथि नै गम्भिर प्रश्न चिन्ह उठिरहेको छ ।’ यस्ता खाले अपराधिक घट्ना प्रति गहिरो अनुशन्धान गरि आमनागरिकको जीउधनको सुरक्षा गर्न र न्यायको अनुभूति दिलाउन प्रदेश प्रहरी प्रमुख समक्ष हादिक अपिल गर्दछौं–ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्रको अन्त्यमा, नेपालीहरुको राष्ट्रिय चाड दशैं तिहार जस्ता मौलिक पर्वहरु नजिकिदै छन् । झन वढी लुटपाट, चोरी, ठगि जस्ता अपराधको गट्ना वढ्न सक्छन् र निमुखा नागरिक चाडपर्वको मुखमा पिडित वन्न सक्छन् । तसर्थः चाडपर्वको मुखमा सर्वसाधरण वृद्धवृद्धाहरु रुदै हिड्नु पर्ने परिस्थिति नआवस भन्दै नेपाल प्रहरीलाई आफ्नो जिम्मेवारी प्रति गम्भिर बन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समिति हार्दिक अनुरोध समेत गर्दछ भनिएको छ । 

  • Dhankutapress

थप