Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

एमाले धनकुटामा शिव आङ्लाको प्यानल नै विजयी

  •   २ वर्ष अघि | १४ जेष्ठ २०८१, सोमवार

धनकुटा प्रेस अनलाई खवर सम्वाददाता 

धनकुटा/नेकपा एमाले धनकुटाको जिल्ला अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित भएका छन् । आठौं अधिवेशनबाट जिल्ला कमिटीको पदाधिकारीमा लिम्बू सहित प्यानल नै निर्वाचित भएका छन् भने सदस्यमा पनि अधिकांश लिम्बूको प्यानलबाट निर्वाचित भएका छन् ।

आज विहान सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार आङ्ला लिम्बू ३ सय १४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी निरेन तामाङले २ सय ७ मत मात्र प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा लिम्बू प्यानल कै चिन्तन तामाङ निर्वाचित भएका छन् । उनले २ सय ९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत मात्र प्राप्त गरे । जिल्ला कमिटीको सचिवमा २ सय ९६ मत प्राप्त गर्दै लिम्बू प्यानलबाट पर्शुराम नेपाल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी शेरबहादुर लिम्बूले १ सय ९६ मत मात्र प्राप्त गरे ।

यता उपसचिवको खुल्लातर्फ लिम्बू प्यानलबाट नैन विश्वकर्मा र महिलातर्फ तुलसी राई निर्वाचित भएका छन् । विश्वकर्माले २ सय ९३ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गोपाल भट्टराईले १ सय ८७ मत मात्र प्राप्त गरे । महिलातर्फ उपसचिवमा राईले २ सय ६५ मत ल्याएर निर्वाचित भईन् भने उनका प्रतिस्पर्धी मनकुमारी तितुङ (तारा) ले २ सय २६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

शनिवार शुरु भएको जिल्ला कमिटी धनकुटाको आठौं अधिवेशन नयाँ नेतृत्व चयनका लागि आइतवार साँझ मतदान शुरु भएको थियो । निर्वाचनमा ५ सय ४८ जना प्रतिनिधिहरु सहभागी भएका थिए । ९० सदस्यीय जिल्ला कमिटीमा नेतृत्व र पदाधिकारीका लागि दुईवटा प्यानल बनाएर आकांक्षीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त अधिवेशनको एमालेका केन्द्रीय उपाध्यक्ष युवराज पराजुलीले उद्घाटन गरेका थिए । 

  • dhankutapress

थप