धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेकपा एमाले धनकुटाले काठमाण्डौमा रहेका धनकुटेली मतदाताहरुलाई धनकुटामा स्वागत गरेको छ । उनीहरु मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य पदको मतदान गर्न रात्री वस मार्फत शुक्रवार विहान धनकुटा आईपुगेका हुन् ।
मंसिर–४ को प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले धनकुटाले काठमाण्डौमा रहेका धनकुटेली मतदाताहरुलाई रात्रीवस मार्फत धनकुटा भित्र्याएको हो ।
एमाले धनकुटाले यात्रुवाहक वसको व्यवस्थापन गरेर काठमाण्डौमा रहेका मतदाता धनकुटा ल्याएको एमाले धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चका पुर्व उपाध्यक्ष यूवराज दर्नालले बताए । दर्नालले एमालेले काठमाण्डौ रहेका धनकुटेली मतदाताहरुलाई मतदानको गर्नको लागि मंसिर–१ गते देखि निरन्तर लागि परिहेको वताए । उनले विहिवार २ माइक्रो, शुक्रवार २ वस, सनिवार पनि ३ वस र २ माईक्रोमा धनकुटाका एमाले मतदाता आउने बताए ।
चण्डिका रात्रि वस मार्फत धनकुटा आईपुगेका मतदाताहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र कुमार राईले फूलको थुङ्गा र खदा लगाएर धनकुटाको वसपार्कमा स्वागत गरे ।
त्यसैगरी मतदाताहरुलाई प्रदेशसभा सदस्य पदका उम्मेदवार निरन राई, एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष एवं प्रदेशसभा सदस्य पदका उम्मेदवार इन्द्रमणी पराजुलीले पनि फूलको थुङ्गा र खदा लगाएर स्वागत गरेका थिए । सनिवार विहानसम्म पार्टीको सम्पर्कमा रहेका मतदाताहरु धनकुटा आउने एमालेले जनाएको छ ।
- Dhankutapress