Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आदिवासी जनजाति पत्रकार महासंघको प्रदेश १ अध्यक्षमा लामा सर्वसम्वत निर्वाचित

११ बुँँदे पथरीशनिश्चरे घोषणापत्र जारी गर्दै सम्पन्न

  •   ५ वर्ष अघि | २९ पुस २०७८, बिहिबार

धनकुटा प्रेस सम्वादादता

पथरी ः– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । 

मोरङको पथरीमा विहीबार विहान राती सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा फोनिजको प्रदेश नं.१ को अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ । 

समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्यहरुमा बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भएका छन् । त्यस्तै खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी निर्वाचित भएका छन् । 

लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहश्रमा दिपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यहरुमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई निर्वाचित भएका छन् ।

मंगलबार सुरु भएको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट १ सय ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले गरेका थिए ।

महाधिवेशनले समसामयिक विषयको ११ बुँदे ‘पथरी घोषणापत्र’ जारी गरेको छ । महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ । त्यस्तै सञ्चार प्रतिष्ठानलाई आदिवासी जनजातिमैत्री बनाउन, प्रदेशस्तरीय आदिवासी जनजाति आयोग÷प्रतिष्ठानको गठन गर्न, आदिवासी जनजातिका मातृभाषामा प्रकाशन हुने पत्रपत्रिकाहरुलाई विशेष सुविधा दिन, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न माग गरेको छ । 

यस्तो छ ११ बुँदे पथरी शनिश्चरे घोषणपत्र 

१. प्रदेश १ को नामाकरण पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ यथाशीघ्र नामंकन गर्न जोडदार माग गर्दछ ।

२. प्रदेश १ मा रहेका सबै खाले सञ्चार प्रतिष्ठानलाई आदिवासी जनजातिमैत्री बनाउन सम्बन्धित सबै पक्षसँग माग गर्दछौं । साथै, आदिवासी जनजाति पत्रकारहरुलाई सञ्चार प्रतिष्ठानमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दछ । 

३. प्रदेशस्तरीय आदिवासी जनजाति आयोग÷प्रतिष्ठानको गठन गरियोस् ।

४. आदिवासी जनजातिका राष्ट्रिय भाषाहरुमा प्रकाशन हुने पत्रपत्रिकाहरुलाई विशेष सुविधाको व्यवस्था गरियोस् ।

५. आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि, वृत्तिविकास र पेशागत सुरक्षाको प्रत्याभूति हुने गरी कार्यक्रम लागु गरियोस् ।

६. आदिवासी जनजातिहरुले संचालन गरेका रेडियो, पत्रपत्रिका, अनलाईन लगायतका सञ्चार माध्यमलाई विशेष सुविधासहित संरक्षण गर्ने नीति निर्माण गरी कार्यान्वयन गरियोस् ।

७. कोभिड १९ को नयाँ भेरियन्टबाट स्वास्थ्य सेवा लगायतका विभिन्न सुविधा निःशुल्क प्रदान गरियोस् । साथै, सञ्चार संस्थाहरुलाई विशेष सेवा सुविधा प्रदान गरियोस् ।

८. श्रमजीवि पत्रकार ऐनको प्रभावकारी ढंगले व्यवहारिक कार्यान्वयन गरियोस् ।

९. महिला, अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायलाई पत्रकारिताको मूल प्रवाहमा ल्याउन विशेष कार्यक्रमको व्यवस्था गरियोस् । 

१०. पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा आदिमकालदेखि बसोवास गरिरहेका धिमाल जातिहरुको   ऐतिहासिक थातथलो (ग्रामथान) हरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानिय सरकारसँग जोडदार माग गर्दछ ।

११. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछ ।


  • Dhankutakhabar

थप