Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दाबी

  •   ४ वर्ष अघि | २१ साउन २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

काठमाडौं/नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् ।

लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ ।

लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा खलल पुग्ने भन्दै उनीहरुले बिमति जनाएका हुन् । आदिवासी जनजाति महिलालाई स्वतन्त्र र निर्वाधपूर्णक लोकल रक्सी उत्पादन गर्न दिनुपर्ने उनीहरुको माग रहेको छ ।

२८औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने सन्दर्भ आदिवासी महिलाको विरुद्ध रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासी जनजाति महिला रहेको बताउँदै ब्राण्डिङ गर्ने प्रयासले अधिकार खोस्ने बताए । यदि, ब्राण्डिङ नै गर्ने हो भने त्यसको प्याटन राइट्स (प्रतिलिपि अधिकार) आदिवासी महिलामा हुनुपर्ने उनको भनाइ रहेको छ ।

अध्यक्ष लामाले भने– ‘ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा होला तर तमाम आदिवासी महिलाहरुबाट परम्परागत ज्ञान र परम्परागत अर्थव्यवस्था खोसिन्छ । लोकल रक्सी उत्पादन गर्ने ज्ञान आदिवासी महिलाको परम्परागत ज्ञान हो, सीप हो । यसको प्याटन राइट्स आदिवासी महिलासँग मात्र हुन्छ । यो अरुको हुन सक्दैन ।’

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका संस्थापक अध्यक्ष स्टेला लामाले वौद्धिक सम्पत्ति संरक्षणको नाममा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञानमाथि हस्तक्षेत्र गर्ने नीति अघि सारिएको आरोप लगाए ।

आदिवासी जनजाति महिला ज्ञानको खानी रहेको भन्दै उनीहरुको ज्ञानलाई परम्परागत रुपमै संरक्षण गर्नुपर्नेमा उनको जोड रहेको छ । परम्परागत ज्ञानबाट उत्पादित रक्सीलाई राज्यले प्रतिवन्ध लगाउने भन्दा पनि संरक्षण गर्नुपर्ने उनको भनाइ रहेको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवानले लोकल रक्सी उत्पादन आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र अर्थव्यवस्था रहेको बताउँदै उक्त ज्ञानको राज्यपक्षबाटै संरक्षण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिए ।

महासचिव देवानले भने– ‘आदिवासी जनजाति समुदायमा रक्सी उत्पादन परम्परागत ज्ञान र अर्थव्यवस्था हो । त्यसबाट नै आदिवासी जनजातिको परिवार चलेको छ । त्यसैले यो ज्ञानको संरक्षण राज्य नै गर्नुपर्छ ।’

विश्वका आदिवासीहरुले हरेक वर्ष ९ अगष्टलाई ‘विश्व आदिवासी दिवस’को रुपमा मनाउने गरेका छन् । आदिवासी जनजातिका अधिकार संरक्षण गर्ने र चेतना जगाउने उद्देश्यले मनाइने यो दिवस नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

नेपालमा कृयाशील आदिवासी जनजातिजन्य संघ संस्थाहरुले हरेक वर्ष संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाउँदै आएका छन् ।

विश्व आदिवासी दिवसका लागि हरेक वर्ष फरक–फरक नारा तय हुन्छ । यस वर्षको मूल नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ रहेको छ ।

  • Dhankutapress

थप