Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अनुसन्धानात्मक लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  •   २ वर्ष अघि | १ मंसिर २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाको आयोजनामा अनुसन्धानात्मक लेखन सम्बन्धी कलम चलाउने पत्रकारहरुलाई लक्षित गरेर एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा धनकुटा र तेह्रथुम जिल्लाका १ दर्जन भन्दा वढी फोनिजकर्मीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा सहभागिलाई अनुसन्धान बिधिसँगै अनुसन्धानात्मक लेखन साथै समाचार रिपोर्टिङमा केन्द्रित रहेर अभिमुखीकरण गराइएको थियो ।

अभिमुखीकरण कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष एवं अग्रज पत्रकार कमन देवान र फोनिजका प्रदेश सल्लाहकार तथा ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले सहजिकरण गरेका थिए । 

अभिमुखीकरण कार्यक्रममा सहजकर्ता द्धय देवान र श्रेष्ठले अनुसन्धान भनेको के हो, उदेश्य र प्रयोजन, अनुसन्धानको चरणहरु, शिर्षक चयन, सोधको परिचय, पृष्ठभूमि, अध्ययनको ढाँचा, शिर्षक चयन कसरी गर्ने, अनुसन्धानको महत्व, विधि, सन्दर्भ ग्रन्थसूचिको उदाहरणहरु, मिडिया सामाग्रीहरुको सन्दर्भहरु, रिपोर्ट र डकुमेण्टहरु, अनुसन्धानमा आधारित संचार सामाग्री उत्पादनका चुनौतीहरु आदिका वारेमा सहजीकरण गरेका थिए ।  

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सदस्य बिदुर खवास, प्रदेश अध्यक्ष सन्तबीर लामा, फोनिजका पूर्व संघीय सल्लाहकार सञ्जय सन्तोषी राई, फोनिज धनकुटाका सल्लाहकार तथा रेडियो नेपालका वरिष्ठ सम्पादक तिलबिक्रम चेम्जोङ, फोनिज प्रदेस सचिव शन्देस सुव्वा, पत्रकार विष्णु सिङ्घक लगायतको उपस्थिति रहेको थियो ।

फोनिजकर्मीहरुलाई प्राज्ञिक एवंम् अनुसन्धानात्मक लेखनमा अग्रसर गराउने उदेश्यले अभिमुखीकरणको आयोजना गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाकी अध्यक्ष बिनु चेम्जोङले बताइन् फोनिज धनकुटा शाखाले आ.व.०८०/०८१ मा ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ नामक अनुसन्धानात्मक लेखहरु संग्रहित पुस्तक प्रकाशन गरेको थियो ।

  • dhankutapress

थप