Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पिकअप दुर्घटनामा, ९ बर्षिया बालिकाको मृत्यु, १९ जना घाइते

  •   ३ वर्ष अघि | २० फाल्गुन २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.१० स्थित् चुङ्गवाङ्गमा आईतवार अपरान्ह ३ वजे महेन्द्र पिकअफ दुर्घटना हुँदा ९ वर्षिया वालिकाको मृत्यु भएको छ ।

घट्ना स्थलबाट उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याउने क्रममा वर्ष–९ की संस्कृति राईको बाटैमा मृत्यु भएको प्रहरी जनाएको छ । शहिदभूमि गाउँपालिका वडा नं.५ खोकु घर भएकी बालिका आफन्तसंग चुङवाङ आफन्तकोमा हिलेबाट पिकअफमा चढेर जानेक्रममा दुर्घटनामा परेकी थिईन । मृतक वालिकाको शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको छ । 

धनकुटा नगरपालिका वडा नं.१ हिलेबाट पाख्रीवास–१० चुङवाङ जाने क्रममा को १ ज १६१९ नम्वरको डवल क्याव पिकअफ क्षमता भन्दा वढी यात्रु बोकेको कारण दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हिलेबाट चुङवाङ जाँदै गर्दा पाख्ीवास–१० स्थित् भारती मावि नजिकै गोलाईमा पुग्दा पिकअफ दुर्घटनामा परेको स्थानिय गोविन्द खत्रीले बताए । ओभरलोड भएर अगाडीको टायर पड्किएर पिकअफ दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानियले बताएका छन् ।

खत्रीकानुसार दुर्घटनामा परी धनकुटा–४ की वर्ष ३८ की देवीका खत्री, वर्ष–४८ की सुनिता खत्री, वर्ष १४ का अभिनब खत्री, वर्ष–१० का अजित खत्री, वर्ष–३७ की देवी खत्री रहेको छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी राजवावु महर्जनले दिएको जानकारीनुसार वर्ष–४० का काठमाण्डौं घर भएका सानु आले र अर्का ठेगाना नखुलेका वर्ष–६० का लक्ष्मी राई गम्भिर घाईते भएका छन् । त्यसैगरी प्रहरीकानुसार स्थानिय नेत्र खत्री, मधु राई, कुमारी राई, वालकुमारी राई र जया राई पनि घाईते भएका छन् । 

को १ ज १६१९ नम्वरका पिकअफका चालक रामणी राईको दाजु रङ्गमणी राईको छोराको विवाहको सामान, आफन्त लिएर हिलेबाट चुङ्गवाङ्ग जाने क्रममा दुर्घटनामा परेको स्थानिय गोविन्द खत्रीले बताए । अधिकांश घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पिकअफमा चालक सहित १९ जना सवार थिए भने सामन र कोशेलीपात पनि उत्तिकै थियो । 

  • Dhankutapress

थप