धनकुटा प्रेस सम्वाददाता
इटहरी/नेपाली सेनाको विभिन्न गतिविधिलाई संचार माध्याममा प्रकाशन एवं प्रसारण गर्ने उदेश्यले पुर्वि कमाण्ड अन्तरगतको विभिन्न २२ जिल्लाका २४ जना पत्रकारहरुको लागी वुधवार देखी इटहरीमा रक्षा सम्वाददाता तालिम शुरु गरिएको छ ।
पुर्वि कमाण्ड अन्तरर्गत श्री नं.२ वाहिनी अड्डा इटहरीले २४ जना विभिन्न संचार माध्याममा आवद्ध रहेर काम गरिरहेका पत्रकारहरुलाई सात दिने रक्षा सम्वाददाता अभिमुखीकरण तालिम आयोजना गरेको हो ।
तालिमको पहिलो दिन श्री नं.२ बाहिनी अड्डा इटहरीका बाहिनी पति सहायक रथि प्रकाश देउजाले नेपाली सेनाको विभिन्न गतिविधिलाई आम नागरिकसम्म पु¥याउन रक्षा सम्वाददाता तालिम आयोजना गरिएको स्पष्ट पारे । सो अवसरमा उनले नेपाली सेनाको इतिहाँसलाई हेर्दा वर्षौ देखी नेपाली सेनाले नेपाली जनतासंग रहेर काम गरिरहेको पाइएको औल्याए । तालिमले नेपाली सेना र संचार जगत विच आपसी सम्वन्ध कायम राख्न मद्धत पुग्ने सहायक रथि देउजाले आशा व्यक्त गरे । तालिममा राष्ट्रिय हित, सुरक्षा सम्वन्धि, संचारकर्मी र सैनिक वनावट, जिम्मेवारीका विषयमा सहजीकरण गरिने उनले स्पष्ट पारे ।
तालिममा रक्षा मन्त्रालयका उप–सचिव अनिता कोईरालाले रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा नीति, नेपाली सेनाको संरचना र पृष्ठभूमीको वारेमा सहजीकरण गरेका थिए । त्यसैगरी सहायक वाहिनी पति कर्णेल भूमीभक्त बरालले नेपाली सेनाको सांगठानिक संरचनाको वारेमा सहजीकरण गरेका थिए । त्यसका साथै उनले नेपाली सेनाको प्रवन्धरथी विभाग सैनिक वन्दोवस्ती कोर, जङ्गी अड्डाको काम, कर्तव्य र जिम्मेवारीको विषयमा पनि थप सहजीकरण गरेका थिए ।
त्यसैगरी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका सेनानी विदुरध्वोज अधिकारीले मिडिया–सैनिक सम्पर्क, सेना–मिडिया सम्वन्धको महत्व र आवश्याक्ताका वारेमा सहजीकरण गरेका थिए । सो तालिममा प्रमुख सेनानी यूवराज केसीले प्राचिनकालिन, मध्यकालिन र आधुनिककालिन नेपाली सेनाको गौरवपुर्ण इतिहाँसका वारेमा सहजीकरण गरेका थिए ।
तालिममा नेपाली सेनाको पुर्विकमाण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली लगायतको १ नम्वर प्रदेशको १४ वटै जिल्लाका पत्रकारहरुको सहभागीता रहेको पुर्वि कमाण्ड हेड क्वाटर इटहरीका सेनानी उत्सव कुमार के.सी.ले जानकारी दिए । तालिम आगामी चैत्र १ गतेसम्म संचालन हुने पनि उनले वताए ।
- dhankutapress