Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

२४ बर्षीय महिलाको हत्या गर्ने धनकुटाका राना पक्राउ

  •   ५ वर्ष अघि | २२ फाल्गुन २०७८, आइतवार

धनकुटा प्रेस सम्वाददाता

सुनसरी/सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत अवस्थामा फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जना हत्यारा युवालाई प्रहरीले ठाउँको ठाउँ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेका छन् । फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घटना सम्वन्धमा अनुसन्धान शुरु गरेको थियो ।

तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाएसंगै पहिचान गर्ने क्रममा पाँस्थर जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल ईटहरी–५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो । यसरी मृतकको पहिचान खुलेसंगै घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाबाट प्रहरीले पक्राउ गरेको हो ।

हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ । घट्ना स्थलमा रानाको पासपोर्ट साईजको फोटो फेला परेको आधारमा रानालाई पहिचान गर्न प्रहरीलाई सहज भएको बताइएको छ । 

  • dhankutapress

थप