Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ट्याम्पो दुर्घटनामा दुई जना घाईते २ गम्भिर

  •   २ वर्ष अघि | १० असार २०८१, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा हिले सडक खण्डमा आईतवार दिउँसो ४.४५ वजे ट्याम्पो दुर्घटना हुँदा ४ जना गम्भिर घाईते भएका छन् । घाईते मध्ये २ जना गम्भिर घाईते भएका छन् । 

को २ ह २५२५ नम्वरको ट्याम्पो दुर्घटना हुँदा धनकुटा–४ का वर्ष ३० का विश्वजित राना मगरको टाउकोमा गम्भिर चोट लागेको छ । रानाको टाउँको, शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको छ । त्यसैगरी धनकुटा–४ का वर्ष २० का असन आले मगरको देव्रे खुट्टामा गम्भिर चोट लागेको छ । ट्याम्पो धनपा–४ स्थित् लोकसेवा आयोगबाट वसपार्क आउने क्रममा सल्लेरी वन नजिकै दुर्घटना भएको थियो । 

त्यसैगरी झापा झिल्झिले घर भएको वर्ष २० की नेहा राईको टाउँकामा गम्भिर चोट लागेको छ । अर्का घाईते झापा विर्तामोडकी वर्ष १९ की आइसा अली गम्भिर घाईते भएका छन् । उनको दाहिने हातमा गम्भिर चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हल्दार दिपक खड्काले जानकारी दिए । 

घाईते मध्ये ट्याम्पोका चालक विश्वजित राना मगर र सोही ट्याम्पोमा सवार आयूषा अलीलाई थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरान पठाइएको हल्दार खड्काले बताएका छन् । 

  • Dhankutapress

थप