Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

१२ बुँदे ताप्लेजुङ घोषणा–पत्र जारी गर्दै फोनिज १ नम्वर प्रदेश समितिको तेश्रो प्रदेशिक भेला सम्पन्न

आदिवासी जनजातिहरुको अधिकार स्थापनाका लागि फोनिजकर्मीहरुको महत्वपूर्ण भूमिका हुनेमा जोड

  •   ४ वर्ष अघि | १३ असोज २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

ताप्लेजुङ/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१, को तेस्रो प्रदेशिक भेला पर्यटकीय जिल्ला ताप्लेजुङको फुङलिङ वजारमा सम्पन्न भएको छ ।

असोज ११ र १२ गते संचालन भएको प्रदेशिक भेलाको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१, सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए । फुङलिङस्थित मेवाखोला हिल रिसोर्टमा सम्पन्न प्रदेशिक भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री हाङ्गामले आदिवासी जनजातिका भाषा, कला, संस्कृतिको उजागर र अधिकार स्थापनाका लागि फोनिजकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा बिशिष्ठ अतिथि, फोनिज संघीय कार्य समितिका अध्यक्ष गजुरधन राईले फोनिजले आदिवासी जनजातिसँग जोडिएका सबै सवालहरुलाई  जोडदार रुपमा उठाउदै आएको र आदिवासी जनजाति पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिबृद्धिका लागि (फोनिज) लागि परेको बताए । कार्यक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङ्गगम, संघिय संल्लाहकार कौशल चेम्जोङ, प्रदेश सल्लाहकार विजयवोध लावती लगायतले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।

पर्यटकीय जिल्ला ताप्लेजुङको पर्यटन प्रबद्र्धन र प्रचार–प्रशारका लागि (फोनिज) ताप्लेजुङ शाखाको स्थानीय व्यवस्थापन तथा फोनिज १ नं.प्रदेश समितिको आयोजनामा भेला सम्पन्न भएको फोनिज ताप्लेजुङ शाखाका अध्यक्ष दिनेश लिङखिमले बताए । भेलाको बन्दशत्रले फोनिज १ नं.प्रदेश अन्तर्गतका जिल्ला शाखाहरु र प्रदेश समितिको आर्थिक तथा सांगठानिक प्रतिवेदनलाई पारित गरेको थियो ।

फोनिज संघीय कार्य समिति अध्यक्ष गजुरधन राई, वरिष्ठ उपाध्यक्ष अमरध्वज लामा, उपाध्यक्ष कमन देवान, संघीय सल्लाहकार कौशल चेम्जोङ लगायत प्रदेश–१, को जिल्ला शाखाहरुबाट भेलामा उपस्थित फोनिजकर्मीहरुले ताप्लेजुङमा रहेको पवित्र आध्यात्मिक धार्मिक स्थल मुक्कुम्लुङको भ्रमण, अवलोकन समेत गरेको फोनिज १ नं.प्रदेश समिति अध्यक्ष सन्तबीर लामाले बताए । भेलाको उद्धघाटन सत्रमा लिम्वु, राई, शेर्पा र गुरुङ जातिको मौलिक संस्कृतिमा आधारित नृत्य समेत प्रश्तुत् गरिएको थियो ।

भेलाले १२ बुँदे ताप्लेजुङ घोषणा–पत्र समेत सार्वजनिक गरेको छ । हेर्नुहोस, घोषणा–पत्रको पूर्ण पाठ –

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)

प्रदेश १ को तेस्रो ऐतिहासिक प्रादेशिक भेला

२०७९ असोज ११ र १२ गते फुङलिङ, ताप्लेजुङ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को २०७९ असोज ११ र १२ गते ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ७ फुङलिङ बजारमामा सम्पन्न तेस्रो ऐतिहासिक प्रादेशिक भेलाले समसामयिक विषय समावेश गरी १२ बुँदे ‘ताप्लेजुङ घोषणापत्र–२०७९’ जारी गर्दछ ।

१. लिम्बुवान भूमिमा अवस्थित मुक्कुम्लुङको सन्दर्भमा हाल देखिएको विषयप्रति फोनिजको गहिरो ध्यानाकर्षण भएको छ । यस सम्वन्धमा ऐतिहाँसिक तथ्य प्रमाण र दस्तावेजहरुको आधारमा यसको मौलिक पहिचानलाई कायम राख्न सम्वद्ध सबै पक्षहरुले अविलम्ब साझा धारणा बनाई यो विषय तत्काल समाधान गर्न यो भेला माग गर्दछ ।

२. पर्यटकीय जिल्ला ताप्लेजुङको पर्यटन प्रवर्द्धनका लागि आयोजित ताप्लेजुङ महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न÷गराउन साथै समग्र ताप्लेजुङ जिल्लामा रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार, उजागर एवम् प्रर्वद्धन गर्न÷गराउन यो भेला प्रण गर्दछ ।

३. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको हुँदा इतिहास र योगदानको सम्मान गर्दै महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई नै घोषणा गर्न यो भेला नेपाल पत्रकार महासंघसँग यो भेला विशेष माग गर्दछ ।

४. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशी बनाउनका लागि यो भेला माग गर्दछ ।

५. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चार माध्यममा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न तिनै तहका सरकार समक्ष यो भेला माग गर्दछ ।

६. प्रदेश नम्बर १ मा मातृ (राष्ट्रभाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चार माध्यमको प्रवर्द्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् भन्ने यो भेला माग गर्दछ ।

७. राज्यबाट वितरण गरिने विज्ञापन समानुपातिक आधारमा साना तथा ठूला सञ्चारमाध्यमलाई उपलब्ध गराउने कानूनी व्यवस्था गर्नका लागि यो भेला जोडदार माग गर्दछ ।

८. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पक्रकारितामा त्रिmयाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग यो भेला माग गर्दछ ।

९.आदिवासी जनजातिहरुको दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विक स्थल आदिमा राज्य पक्षबाट हुने अतिक्रमणको अन्त्य गर्नरगराउने यो भेला प्रण गर्दछ ।

१०. पहिले मातृभाषाबाट नामाकरण गरिएका विभिन्न ठाउँहरुको नाम हाल अपभ्रशं गर्दै खस नेपालीकरण गरिएकोमा त्यसलाई पुनर्उत्थान र पुनःलेखन गर्न÷गराउन यो भेला प्रण गर्दछ ।

११. नेपालको संघीय संरचना अन्तरगत प्रदेशको नामाङकरण हुन बाँकी रहेको प्रदेश १ को नामाकरण पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठभूमिको आाधारमा ‘लिम्बुवान किरात’ वा ‘किरात लिम्बुवान’ राख्न यो भेला जोडदार माग गर्दछ ।

१२. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेश्रो ऐतिहासिक भेलामा आमन्त्रित प्रमुख अतिथि प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङगाम, बिशिष्ठ अतिथि प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, विशिष्ठ अतिथि फोनिज संघीय अध्यक्ष गजुरधन राईलगायत केन्द्रीय पदाधिकारी, सल्लाहकार, सदस्य, ताप्लेजुङ जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न जिल्लाका फोनिज अध्यक्ष तथा प्रतिनिधि, स्थानीय व्यवस्थापन तथा समन्वय गर्ने फोनिज ताप्लेजुङ शाखा र शाखाका अध्यक्ष दिनेश लिङखिम नेतृत्वको टिम, साथै भेला सम्पन्न गर्न सहयोग गर्ने अन्य सबैमा यो भेला विशेष धन्यवाद व्यक्त गर्दछ ।

१२ असोज २०७९

  • Dhankutapress

थप