धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
उदयपुरगढी/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिले २५ औं स्थापना दिवस (रजत वर्ष) को अवसर पारेर १२ बुँद्धे उदयपुरगढी घोषणापत्र जारी गरेको छ ।
उदयपुर जिल्लाको ऐतिहासिक स्थल उदयपुरगढीमा विविध कार्यक्रमको आयोजना गर्दै सोमवर १२ बुँदे उदयपुरगढी घोषणापत्र जारी गरेको हो । प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले २५ औं स्थापना दिवश (रजत वर्ष) अवसरमा आयोजित विशेष कार्यक्रमको द्धिप प्रज्वलन एवं सगुन ग्रहण गरेर कार्यक्रमको समुद्धघाटन गरेका थिए ।
उदयपुरगढी गाउँपालिकाको सहयोग, फोनिज उदयपुर शाखाको समन्वय र प्रदेश समितिको आयोजनामा २५ औं स्थापना दिवश (रजत वर्ष) को अवसरमा आयोजित शुभकामना आदन प्रदान, पुरस्कार वितरण तथा उदयपुरगढीको पर्यटन प्रवद्र्धन सम्वन्धि २ दिने अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेस सभा सदस्य नारायण बुर्जा मगरले उदयपुरगढीको धार्मिक, साँस्कृति एवं ऐतिहासिक स्थलहरुको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्न फोनिजकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले हरेक हिसाबले ओझेलमा परेको उदयपुरगढीको विषय बस्तुहरुलाई फोनिजकर्मीको कलमबाट समाचार सम्प्रेषण गरेर प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पूर्व पर्यटन मन्त्री समेत रहेका बुर्जा मगरले यस क्षेत्रमा पर्यटनको सम्भावना बोकेका थुप्रै ऐतिहासिक स्थलहरु भएपनि अहिलेसम्म प्रचारप्रसार हुन नसकी ओझेलमा परेको बताए । फोनिकर्मीहरुको सहयोगले गाउँपालिकाको चिनारीसंगै यहाँ रहेको भौतिक, अभौतिक, मूर्त, अमूर्त सम्पदाहरुको समाचारको माध्यामबाट सुसूचित हुनेगरी प्रचारप्रसार हुने मगरले आशा व्यक्त गरेका छन् । सरकारमा रहेपनि नरहेपनि आगामी दिनमा फोनिजकर्मीलाई क्षमता र हैसियत अनुसारको साथ र सहयोग रहने प्रतिवद्धता मगरले व्यक्त गरेका छन् ।
उदयपुरगढीका गाउँपालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले फोनिज प्रदेश समितिले ऐतिहासिक भूमि उदयपुरगढीमा २५ औं स्थापना दिवश (रजत वर्ष) मनाउँने निणर्यले पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । फोनिजको रजत वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै खड्काले भने–‘पहिचान, संघीयता र गणतन्त्र स्थापना गर्न फोनिजकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’
उदयपुरगढी गाउँपालिका आफैमा ऐतिहासिक पालिका रहेको बताउँदै उपाध्यक्ष खड्काले भने–‘यहाँ रहेका पर्यटकीय क्षेत्रहरु पञ्चावती मन्दिर, भ्यूटावर, टुडिखेल, भूगोलपार्क, परेवा झर्ना, ताप्ली पोखरी, काभ्रेपानी महादेव, चुरुम्वा भ्यू एरिया जहाँबाट हिमालका हिमशृङखलादेखी लिएर तराईका सुन्दर फाँटहरुको दृष्यालोकण गर्न सकिन्छ भने राधाजीको मन्दिर, छेलोभञ्याङ लगायत धार्मिक सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकिय स्थलहरुको रुपमा रहेको छ ।’ उनले माथि उल्लेखित पर्यटकिय स्थलहरुको प्रचार–प्रसारमा समेत फोनिजकर्मीहरुको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको व्यापक प्रचार–प्रसार गरि दिन फोनिजकर्मीहरुसँग आग्रह समेत गरेका छन् ।
कार्यक्रममा दुई जना कृयाशिल जुझारु फोनिजकर्मीलाई ‘पहिचान पत्रकारिता पुरस्कार–०८१’ बाट पुरस्कृत एवं सम्मान गरिएको छ । पुरस्कृत हुनेहरुमा सुनसरीका धीरेन्द्र चौधरी र ओखल्ढुँगाकी बिनुमाया राई रहेकी छन् । उनीहरुलाई जनही नगद १० हजार, २५ रुपयाँ नगदसहित प्रमाणपत्रले ‘पहिचान पत्रकारिता पुरस्कार–०८१’ ले पुरस्कृत एवं सम्मान गरिएको छ । रामधुनी नगरपालिका वडा नं.९ सुनसरी घर भएका चौधरीले ०५५ साल देखी पत्रकारिता शुरु गरेका हुन् । हाल उनी पूर्वि हटलाईन दैनिक, वराह अनलाईन लगायतमा कार्यरत रहेका छन् । त्यसैगरी राई रेडियो ओखलढुङ्गामा स्टेसन मेनेजरको रुपमा कार्यरत रहेर पत्रकारिता गरिरहेकी छन् ।
त्यसैगरी आयोजित कार्यक्रमका प्रमुख अतिथि वुर्जा मगर, विशेष अतिथि जीतवहादुर खड्का, फोनिजका संघीय समितिका पदाधिकारी एवं संघीय सदस्यहरु, प्रदेश समितिका सल्लाहकारहरु, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्याक्ष हिमा चेम्जोङ उदयपुर शाखा अध्यक्ष भरत खड्का समेतलाई पनि फोनिजको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो ।
रजत वर्षको अवसरमा जारी घोषणापत्रमा विक्रम सम्बत १९२६ ताका उदयचन्द्र सेनले शासन गरेको ऐतिहासिक, पुरातात्विक महत्व बोकेको उदयपुरगढीसम्म पुग्ने सडकको स्तरोन्नति गर्न, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई अविलम्व संस्थापक अध्यक्ष घोषणा गर्न,१ नं. प्रदेशलाई मातृ भाषा (राष्ट्र भाषा) मा सञ्चार माध्यामको पवद्र्धन गर्न माग गरिएको छ ।
त्यस्तै, आदिवासी जनजातिहरुको समाधी स्थल पुरातात्विक स्थलहरुको राज्यपक्षबाट बारम्वार अतिक्रमण हुनु दुःखद् भएकोले सो कार्यलाई तत्काल रोक्न, राज्यद्धारा बितरण हु्ने लोक कल्याणकारी विज्ञापनहरु समानुपातिक आधारमा वितरण गर्नु पर्ने लगायतका मागलाई सम्बोधन गर्नु पर्ने माग सहित १२ बुँद्धे घोषणपत्र जारी गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेशश उपाध्य हिमा चेम्जोङ, उदयपुर शाखाका अध्यक्ष भरत खड्का, फोनिजका संघीय सचिव यमन दनुवार (राईडोने), संघीय सदस्यहरु सुजता लिम्बु, गजेन्द्र राई, विदुर खबास, प्रदेश सल्लाहकार इश्वर तामाङ र निलिफा सुब्बा, अग्रज पत्रकारहरु, महेश्वर चाम्लिङ, दिपिन राई, भोटराज राई, निमिक्त प्रमुख प्रशासीय अधिकृत गुणराज श्रेष्ठ,किरात राई पत्रकार संघ उदयपुरका अध्यक्ष विक्रम राई, आदिवासी जनजाति महासंघका उदयपुर अध्यक्ष डिवी गुरुङ, उदयपुरगढी गाउँपालिकाका जनजाति समन्वय परिषदका अध्यक्ष गौरवबहादुर तामाङ लगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सम्पन्न गर्न पालिकासँग समन्वयकारी महत्वपूर्ण भूमिका निर्वा गर्नुहुने फोनिज प्रदेश उपाध्यक्षद्धय अप्सरा समाल, राजन्द्र दुष्ट, पालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत गुणराज श्रेष्ठ, अधिकृत पुष्पकुमार थापा, पालिकाका प्रवक्ता सहेक विकलाई फोनिजकोतर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।
फोनिज उदयपुर शाखाका अध्यक्ष इश्वर बलम्पाकी मगरले स्वागत मनतव्य गरेका थिए भने महासचिव सुसन रुङमाहाङ राईले कार्यक्रमको संचालन गरेका थिए । दुई दिनसम्म संचालन भएको शुभकामना आदन प्रदान, पुरस्कार वितरण तथा उदयपुरगढी को पर्यटन प्रवर्दन सम्वन्धि अन्तरक्रिया कार्यक्रम फोनिज प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- dhankutapress