Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

नेपाल पत्रकार महासंघ धनकुटाको १२ औं वार्षिक साधरणसभा सम्पन्न

संस्थापक अध्यक्षको विषयमा केन्द्रिय समिति गम्भिर हुनु पर्ने माग सहित ९ वुँदे घोषणापत्र जारी

  •   ३ हप्ता अघि | १९ बैशाख २०८१, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १२ औं वार्षिक साधरणसभा तथा ११ औं जिल्ला अधिवेशन ९ वुँदे घोषणापत्र जारी गर्दै वुधवार सम्पन्न भएको छ । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न १२ औं वार्षिक साधरण सभा तथा ११ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो । वुधवार अवेर गरी सम्पन्न बन्द सत्रले पत्रकारहरुको पेशागत हकहित र क्षमता विकासको लागि स्थानिय, प्रदेश र संघीय सरकारको गम्भिर ध्यान आकर्षण गराउँदै ९ वुँदे घोषणापत्र जारी गरेको छ ।

साथै, जारी घोषणापत्रमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारयण वहादुर श्रेष्ठको विषयमा फोनिजले उठाई रहेको सवालमा दुवै पक्ष वसेर पत्रकार महासंघ केन्द्रिय समितिले चाँडो भन्दा किनार लगाउनु उल्लेख छ । त्यसका साथै, घोषणापत्रमा हाल धनकुटा नगरमा रहेको चरम खानेपानीको समश्या समाधनको लागि स्थानिय सरकार धनकुटा नगरपालिकाले दिर्घकालिन समधान खोज्नु पर्ने लगायतका विषय उल्लेख गरिएको छ । 

साधरणसभामा महासंघका सचिव हरीवहादुर लम्जेलद्धारा प्रश्तुत् ८ पृष्ठ लामो सांगठानिक र कोषाध्यक्ष रविन केट्टेलद्धारा प्रश्तुत् आर्थिक प्रतिवेदन समेत पारित गरिएको थियो । सांगठानिक प्रतिवेदनमा पत्रकारका चुनौती, समश्या, समाधानको उपायहरु र स्थानिय सरकारसंग मिलेर पत्रकार महासंघले भावी दिनमा गर्न सकिने योजनाहरुलाई विशेष गरेर उठाइएको थियो । महासंघले भावी दिनमा एक वडा एक पत्रकार उत्पादन गर्ने, पत्रकार र स्थानिय सरकारका जनप्रतिनिधिहरु विच विकास निर्माणका विषयलाई लिएर अन्तरक्रिया तथा छलफल वहस गर्ने लगायतको दर्जनौ योजना अघि सारिएको छ । 

कोषाध्यक्ष रविन कट्टेलले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १० औं जिल्ला अधिवेशन देखी ११ औं जिल्ला अधिवेशनसम्म आईपुग्दासम्मको आर्थिक प्रगती प्रतिवेदन प्रश्तुत् गरेका थिए । गत आर्थिक वर्ष चौविसे गाउँपालिकाको राजारानीमा सम्पन्न वार्षिक साधरणपछिको हालसम्मको आयव्यय समेत प्रश्तुत् गरेका थिए । कोषाध्यक्ष कट्टेलले ०७९ कार्तिक मसान्तसम्मको अर्थिक प्रतिवेदन यस अघिको ११ औं वार्षिक साधरणसभाले पारित गरिसकेकाले ०७९ मंसिर ०८० चैत्र मसान्तसम्मको आर्थिक प्रतिवेदनको रुपमा आय तथा व्याय प्रश्तुत् गरेका थिए । 

प्रतिवेदनमा ६ लाख, ६० हजार, ६ सय १ रुपयाँ वरावरको आय र ८ लाख, ९८ हजार, ६ सय ९१ रुपयाँ वरावरको व्याय प्रश्तुत् गरिएको थियो । कोषाध्यक्ष कट्टेलले नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषतर्फ सप्तकोशी वैंक धनकुटा शाखामा २ लाख, ६६ हजार, २ सय, ४५ रुपयाँ, पैसा ४८ रहेको जानकारी दिए । साथै उनले निवर्तमान कार्य समितिले महासंघका सदस्यहरुको सदस्यता शुल्क भूक्तानीका लागि पत्रकार कल्याणकारी कोषबाट सापटी लिएको २ लाख, २५ हजार मध्ये १ लाख, २५ हजार फिर्ता गर्न बाँकी रहेको जानकारी दिएका छन् । उनले दायित्व तर्फ तिर्नु पर्ने २ लाख, ३३ हजार, ६ सय, ४० रुपयाँ र उठ्न बाँकी ४ लाख, ४२ हजार, १ सय १४ रुपयाँ रहेको पनि स्पष्ट पारेका छन् । 

पत्रकार महासंघलाई सहयोग पु¥याउने दाताहरुलाई सम्मान :

सो अवसरमा पत्रकार महासंघलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो सम्मानित हुनेहरुमा टिकाहरी धनञ्जय क्रियाशिल पत्रकारिता पुरस्कारको लागि अक्षयकोष स्थापना गर्ने समाजसेवी द्रोर्ण प्रसाद गुरागाँई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याण कोषको लागि १ लाख, ११ हजार, १ सय ११ रुपया आर्थिक सहयोग गर्ने धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सका प्रिन्सिपल रामनारयण प्रसाद शाहालाई सम्मान गरिएको छ । 

त्यसैगरी पुस्तकालयलाई दराज खरिदमा सहयोग पु¥याउनु हुने धनपा–६ साईकर्नरका प्रो.विजय शेखर श्रेष्ठ, संचारडायरी प्रकाशन गर्न सहयोग पु¥याउने धनकुटा नगरपालिका, इन्टरनेट जडानमा सहयोग पु¥याउने धनपा–८ को वडाध्यक्ष रसवहादुर राई पनि सम्मान गरिएको थियो । 

त्यसैगरी अन्य सम्मानितहुनेहरुमा मल्टिचार्जर दिएर सहयोग गर्ने नेपाल टेलिकम, महासंघको सिढी निर्माणमा सहयोग गर्ने सधन शहरी तथा भवन निर्माण आयोजना, धनकुटा, स्पाइरल डायरी प्रकाशनमा सहयोग पु¥याउने साँगुरीगढी गाउँपालिका, ट्रस निर्माणमा सहयोग पु¥याउने सहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटा लगायतलाई सम्मान गरिएको थियो ।

तिन जना कृयाशिल पत्रकार पुरस्कृत :

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले लामो समय देखि धनकुटामा रहेर पत्रकारिता गरिरहेका तिन जना क्रियाशिल पत्रकारहरुलाई नगदसहित सम्मान पत्रले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा शाखाका निवर्तमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले आफ्नो स्वर्गिय पिता महेशवर वहादुर श्रेष्ठको नाममा स्थापना गरेको ‘महेश्वर वहादुर श्रेष्ठ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार’ बाट रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटामा कार्यरत समचार सम्पादक अधिकृत सुखाकुमारी राईलाई ५ हजार, ५ सय, ५५ रुपयाँ नगद सहित सम्मान पत्रले पुरस्कृत गरिएको छ । 

त्यसैगरी नेपाल पत्रकार महासंघको संस्थागत विकास एवं कार्य सम्पादनमा सहयोग पु¥याएको भन्दै महासंघका उपाध्यक्ष विदुर खवासले स्थापना गरेका आफ्ना स्वर्गिय हजुरवुवा टेक वहादुर खवास र हजुर आमा मुना खवासको नाममा स्थापना गरेको ‘टेकमुना क्रियाशिल पत्रकारिता पुरस्कार’ बाट शाखाका सल्लाहकार एवं कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी ५ हजा, ५ सय, ५५ रुपयाँ नगद  सहित सम्मान पत्रले पुरस्कृत गरिएको छ । 

त्यसैगरी धनकुटा–५ निवासी समाजेवी द्रोर्ण प्रसाद गुरागाँईले स्वर्गिय मातापिताको स्मृतिमा स्थापना गरेका ‘टिकाहरी धजञ्जय क्रियाशिल पत्रकारिता पुरस्कार’ बाट गोरखापत्रमा कार्यरत क्रियाशिल पत्रकार कविराज घिमिरेलाई नगद ११ हजार, १ सय, ११ रुपया नगद सहित सम्मान पत्रले पुरस्कृत गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपिता चिन्तन तामाङ, केन्द्रिय प्रतिनिधि अमर खड्का लगायतले दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले पुरस्कृत गरेका थिए । 

पत्रकार महासंघका संस्थापक, निवर्तमान अध्यक्ष देखि सल्लाहकारसम्मलाई सम्मान :

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले संस्थाको ११ औं जिल्ला अधिवेशन तथा १२ औं साधरणसभाको अवसर पारेर शाखाका संस्थापक, निवर्तमान अध्यक्षहरु र सल्लाहकारहरुलाई सो अवसरमा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष संजय सन्तोषी राई, पुर्व अध्यक्ष एवं सल्लाहकारहरु गोपाल अधिकारी, विजय सन्तोषी राई, मोहन वान्तावा, खगेन्द्र प्रसाद घिमिरे, नितर्वमान अध्यक्ष एवं सल्लाहकार राजेश्वर वहादुर श्रेष्ठ रहेका छन् । 

त्यसैगरी सल्लाहकारहरु राससका महा प्रवन्धक सिद्धराज राई, फोनिज प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी, स्मिता निरौला, भेषराज कट्टेल र सन्तोष रुचाललाई पनि सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपािलका प्रमुख  चिन्तन तामाङ, केन्द्रिय प्रतिनिधि अमर खड्का, प्रदेश प्रतिनिधि ध्रुर्व भट्टराई लगायतले सम्मानपत्रले सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न १२ वार्षिक साधरणमा तथा ११ औं जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा नगर प्रमुख चिन्तन तामाङ,केन्द्रिय प्रतिनिधि अमर खड्का, केन्द्रिय सदस्य सरिता बराईली, प्रदेश समितिका प्रतिनिधि ध्रुर्व भट्टराई, प्रमुख जिल्ला अधिकारी पून्यविक्रिम पौडेल, संस्थापक अध्यक्ष संजयसन्तोषी राई, राजनीतिक पार्टीहरुको तर्फबाट नेपाली कांग्रेसका सभापति दिनेश राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा पत्रकार जन्य संघ–संगठनका प्रमुखहरुलाई अशनग्रहण नगराएको भन्दै प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचालले आपत्ति जनाएका थिए । 

कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकारजन्य संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरु र स्थानिय संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव हरिवहादुर लम्जेलले गरेका थिए भने कार्यक्रममा सहभागी अतिथिहरुलाई उपाध्यक्ष विदुर खवासले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 


  • Dhankutapress

थप