धनकुटा प्रेस सम्वाददाता
धनकुटा/ “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः छथर जोरपाटी दिगो विकासको आधार” भन्ने मुल नाराको साथ छथर जोरपाटी गाउँपालिकाको आठौं बार्षिक उत्सव विविध कार्यक्रमको साथ मंगलबार सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न आठौं बार्षिक उत्सव समारोहमा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेले आ.व.०८१÷०८२ मा कार्यलयले सम्पादन गरेको वजेट तथा कार्यक्रमको प्रगती प्रतिवेदन बाचन गरेर सुनाएका थिए । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले चालु आ.व. को अनुमानित आन्तरिक आय, चालु आ.व.मा चालु तर्फ बजेट, पुँजिगत तर्फको वजेटको बारेमा स्पष्ट पारेका थिए । त्यसै गरी चालु तर्फ खर्च, पुजिगत तर्फ प्रगती प्रतिवेदनमा प्रतिसतका आधारमा ब्याख्या गरेका थिए ।
सो अवसरमा प्रशासकिय अधिकृत घिमिरेले क्षेत्रगत आधारमा आर्थिक विकास तर्फ कृषि, पशु, उधोग, पर्यटन र सहकारी, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य खानेपानी, सरसफाई, संस्कृति प्रवद्र्धन, पुर्वाधार विकास, वातवरण तथा विपत व्यावस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रमा हालसम्म भएको खर्चको फेयरिस्त सुनाए । त्यसैगरी गाउँपालिकाले सम्पदान गरेका योजना तथा कार्यक्रमहरु र न्यायिक समिति अन्तर्गतका हालसम्म सम्पादन भएका प्रगती बिबरणहरुलाई समेत प्रगती प्रतिवेदनमा समावेश गरिएको थियो ।
त्यसैगरी सो अवसरमा आयोजित वडा स्तरिय भलीबल प्रतियोगितामा प्रथम हुने छथर जोरपाटी गाउँपालिका वडा नं. १ हात्तिखर्क र द्धितिय स्थान हासिल गर्ने वडा नं.६ को टिमलाई नगद, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार र नगद, मेडल, प्रमाण्पत्र र ट्रफी हात पारेका थिए भने द्धितिय हुने टिमले नगद ३० हजार, नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पारेका थिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र कुमार राई, अतिथि पूर्व प्रदेस माननिय एवं नेकपा माओवदाी धनकुटा जिल्ला अध्यक्ष कुसुम कुमारी श्रेष्ठ, छथरजोरपाटीका अध्यक्ष छत्रवहादुर सुब्बा, उपाध्यक्ष गीता गुरुङ्ग खेवा, पुर्व अध्यक्ष शेर वहादुर लिम्वू, उपाध्यक्ष भीमकला श्रेष्ठ लगायतले नगद पुरस्कार, प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरेका थिए ।
गाउँपालिका अध्यक्ष छत्रवहादुर लिम्बूको अध्यक्षतमा सम्पन्न आठौं वार्षिक उत्सव समारोहमा पाख्रसहभागी अतिथिहरुलाई स्वागत मन्तव्य उपाध्यक्ष गीता गुरुङ्ग खेवाले राखेका थिए भने कार्यक्रमको संचालन शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख निर्मला सुवेदीले गरेका थिए । सो अवसरमा विभिन्न जातजातिको मौलिक साँस्कृतिक झाँकी, नृत्य आ–आफ्नो भेषाभुषा सहित प्रदर्शन गरिएको थियो । साँस्कृतिक झाँकी लिम्बू, शेर्पा, गुरुङ्ग, राई, खस क्षेत्री, मगर लगायतले प्रदर्शन गरेका थिए । 



- dhankutapress