Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

बाजागाजा सहित वडा कार्यालयको नयाँ भवन समुद्धघाटन

  •   १ वर्ष अघि | १० जेष्ठ २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यालयको नयाँ भवन शुक्रवार एक समारोहको विच समुद्धघाटन गरिएको छ । नेवारी मौलीक शैलिमा निमार्ण गरिएको उक्त नयाँ भवनको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्धघाटन गरेका हुन ।भवन उद्धघााटन गर्दै नगर प्रमुख तामाङले वडा कार्यालयको नयाँ भवनबाट वडा प्रशासनको सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे । नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन कार्यक्रममा पञ्चेबाजा सहित धनपा–७ का वडावासीले नगरप्रमुख तामाङलाई भव्य स्वागत गरेका थिए ।धनकुटा नगरपालिका वडा नं ७ का वडाध्यक्ष रोशेष श्रेष्ठले कार्यक्रममा वडावासीको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भवन निर्माणमा सहयोग पु¥याउने सबैलाई आभार व्यक्त गरे । उक्त भवन निर्माणले वडा स्तरका सबैखाले सेवा तथा कार्यक्रमहरू सहज रूपमा संचालन गर्न सकिने उनकोे भनाई छ । कार्यक्रममा समयमा नै भवन निमार्ण गर्ने यूवा निमार्ण व्यवसायी लक्ष्मण विक र धनकुटा नगरपालिकाका इन्जिनियर कुशल मिश्रलाई सम्मान गरिएको थियो  ।भवन उद्धघाटन समारोहमा वोल्ने अधिकांश वक्ताहरुले वडा कार्यालयले प्रवाह गर्ने सवैखाले सेवा प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा संविधानसभा सदस्य लिला सुब्बा, धनकुटा नगरपालिकाका उप प्रमुख भमिादेवी खनाल, धनपा–८ का वडाध्यक्ष रसवहादुर राई, वडा नं.९ का टंङ्गक रोईला, निवर्तमान अध्यक्ष जंङ्ग वहादुर आठपहरिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, पत्रकार साथै सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।धनकुटा नगरपािलकाको ९० लाख रुपयाँ लगानीमा लकान्द्री वन्धु कन्ट्रक्सन धनकुटाले निर्माण गरेको हो । धनकुटा नगरपालिकाको १० वटै वडा कार्यालयहरुको भवन निर्माण भैसकेको धनकुटा नगरपालिका कार्यालय धनकुटाले जनाएको छ । 

  • dhankutapress

थप