Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको उत्तरपानीमा अमर श्रेष्ठको घरमा आगलागी हुँदा ११ करोडको क्षति

  •   २ वर्ष अघि | २३ चैत्र २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानी लिसिम्वु चोक निजकै घरमा सनिवार साँझ आगालागी हुँदा ११ करोड ६ लाख बरावरको क्षति भएको छ ।

पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानी लिसिम्वु चोक स्थित अमर श्रेष्ठको काठ पात र टिनको छानोले बनेको २ तले घरमा करेन्ट सर्ट भई आगलागी भएको थियो । सो घरमा आगलागी भएकोपछि धनकुटा नगरपालिकाको १ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयका सहयोगमा राती ११ बजे मात्रै आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।आगलागीबाट सो घरमा रहेको किराना होलसेल पसल, पसलमा रहेको सम्पुर्ण सामानहरु तथा नगद ५ लाख पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यसैगरी श्रेष्ठको अर्को निर्माणधीन २ तल्ले पक्की घरको झ्याल र ढोका र वाल समेतमा क्षति हुँदा ११ करोड ६ लाख बराबरको क्षति भएको छ ।अमर श्रेष्ठको घरमा लागेको आगो सल्किन गई छिमेकी खगेन्द्र घिसिङको २ तल्ले निर्माणधिन घर आंशिक रुपमा क्षति भएको वडाध्यक्ष सम्झना आलेले जानकारी दिए । घिसिङको घरमा आंशिक आगलागी हुदा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटा इनिस्पेक्टर सुमन खड्काले जानकारी दिए ।

  • dhankutapress

थप