Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

प्रदेशका उद्योग, कृषि एवं सहकारी मन्त्रीद्वारा धनकुटा औद्योगिक ग्रामको निरिक्षण

  •   ३ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा जिल्लाको ऐतिहासिक औद्योगिक ग्रामको आइतवार कोशी प्रदेशका उद्योग, कृषि एवं सहकारी मन्त्री माननीय रामकुमार खत्रीले स्थलगत निरिक्षण गरेका छन् ।

कोशी प्रदेशका उद्योग, कृषि एवं सहकारी मन्त्री माननीय रामकुमार खत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न औद्योगिक ग्रामको निरिक्षण एवं छलफल कार्यक्रम सम्पन्न भएको थियो । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खत्रीले भने–‘धनकुटाको ऐतिहासिक औद्योगिक ग्रामलाई कसरी व्यवस्थित ढंगले चलायमान गर्न सकिन्छ, त्यस तर्फ प्रदेश सरकारको ध्यान जान्छ ।’ उनले औधोगिक ग्रामलाई उत्कृष्ट रुपमा संचालन गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार अन्तर्गतको उद्योग मन्त्रालय लागिरहेको बताए । 

औद्योगिक ग्रामलाई प्रदान गरिदै आएको अनुदान रकम वृद्धि गर्दै जाने मन्त्रालय लागि परेको मन्त्री खत्रीले आश्वास्थ पारे । उनले औधोगिकग्राममा मुख्य समस्याको रुपमा रहेको खानेपानीको समश्यालाई जसरी भएपनि समाधान गर्ने तर्फ उद्योग मन्त्रालय लाग्ने बताए । कोशी प्रदेश धनकुटाको एकमात्र ऐतिहासिक औद्योगिक ग्रामको निरिक्षण पश्चात औद्योगिक ग्रामको सभाहलमा छलफल कार्य समेत सम्पन्न गरिएको औद्योगिक ग्रामका अध्यक्ष तिलक बहादुर महतले बताए । कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुख, संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

  • Dhankutapress

थप