Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पाँचौ धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा

  •   ४ वर्ष अघि | ३० पुस २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा आगामी माघ ६ गतेदेखि हुन लागेको प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम पाँचौ धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। 

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने तय गरिएको महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजक उद्योग वाणिज्य संघ धनकुटाले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

महोत्सवको वारेमा जानकारी गराउँदै उद्योग वाणिज्य संघ, धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायत अन्य पदाधिकारी एवं सदस्यहरु । 

धनकुटाको तल्लो टुँडिखेलमा आयोजना हुन लागेको महोत्सवमा एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन, एभोकाडो लगायतका १९ प्रकारका कृषि उपजका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिन लागेको हो । 

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने कार्यतालिका रहेको छ । महोत्सवको उद्धघाटन प्रधानमन्त्रीले तथा समापन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

माघ १६ गतेसम्म सञ्चालन महोत्सवमा १ सय ८० स्टल रहनेमा १ सय ३७ कृषि प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साथमा मनोरञ्जनात्मक कार्यक्रम हुने अध्यक्ष राईले वताए ।

  • Dhankutapress

थप