Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

स्थापना दिवसको अवसरमा गाउँपालिकाको गान र लोगो सार्वजनिक

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

भेडेटार/धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नै गान र लोगो सार्वजनिक गरेको छ । 

गाउँपालिकाको आठौँ स्थापना दिवसको अवसर पारेर आफ्नै गान र लोगो सार्वजनिक गरेको हो । गाउँपालिकाले यस वर्षको निति तथा कार्यक्रममा समावेश गरेर आफ्नै गान र लोगो सार्वजानिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक गरेको गान र लोगोले प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्काएको कार्यक्रममा सहभागी वक्ताहरुले वताएका छन् ।

गाउँपालिकाले खुला प्रतिस्पर्धात्मक विधिबाट गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित रहेर निश्चित समयभित्र दरखास्त दिन सूचना जारी गरेको थियो । सोही बमोजिम आएका गान र लोगोलाई विज्ञटोलि  मार्फत छनौट गरिएको साँगुरी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए । गान र लोगो सार्वजनिक भएसँगै गाउँपालिका मातहतका हरेक कार्यक्रममा राष्ट्रिय गानपछि गाउँपालिकाको गान बजाइनेछ । एउटै पत्रमा नेपाल सरकार र गाउँपालिकाको लोगो रहने अध्यक्ष राईले बताए ।

स्थापना दिवसको अवसरमा गान र लोगो सार्वजनिक गर्दै गानका रचनाकार नन्दु राई र लोगो डिजाइनकर्ता मुकुन्द प्रयासलाई कर सहित जनही नगद ५० हजारले सम्मान गरिएको छ । यस्तै गानका गायक कृष्णभक्त राई, जुनी राई, राजशुक्र लिम्बू, बसन्त राई, महेन्द्र घिमिरे, टिका घिमिरे, पद्मिनी राई र सुनिता सुब्बालाई कर बाहेक जनही १० हजार रुपैयाले सम्मान गरिएको छ ।

कोशी प्रदेश सरकार निरन्तर चल्ने : मन्त्रि राई 

 गान र लोगो सार्वजनिक गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले कोशी प्रदेश सरकार निरन्तर चल्ने बताए । उनले काठमाण्डौको हावाले कोशी प्रदेश सरकारलाई कुनै असर नगर्ने दावी गरे । केन्द्रको निर्देशन अनुरुप सरकार नबनेको बताउँदै केन्द्रको आदेशले सरकार परिवर्तन नहुने बताए । मन्त्री राईले केन्द्रको आदेशमा चल्ने भए संघीयताको भावना अनुसार नहुने भएकाले संघीयताको मर्म अनुसार सञ्चालन हुन प्रदेश र स्थानीय तह सरकार एकजुट हुनुपर्ने बताए ।

उनले अहिले प्रदेश सरकारले तीन वटा कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । उनले प्रदेश सरकारले सुशासन, मानव संशाधन र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको दावी गरे । उनले पर्यटन विकासका लागि प्रदेश सरकारले इलामको श्रीअन्तु र धनकुटाको भेडेटारलाई प्राथमिकतामा राखेर काम गर्ने योजनामा रहेको जानकारी दिए ।


  • Dhankutapress

थप