Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटामा दोस्रो कोप्चे उत्सव हुने

  •   २ महिना अघि | २९ चैत्र २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्दाददाता 

धनकुटा/धनकुटामा चैत ३० गतेदेखि दोस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन चैत ३० देखि बैशाख २ गतेसम्म बिहिबारे हटियामा उत्सव गर्न लागिएको हो । 

सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर उत्सवको तयारी भइरहेको जानकारी दिएको छ । केही वर्ष अघिसम्म धनकुटा मुख्य बजारको रुपमा रहेको कोप्चेक्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि गत वर्षबाट पुरानै चहलपहल फर्काउन भन्दै नयाँ वर्षको अवसरमा कोप्चे उत्सव सुरु गरिएको हो । 

कोप्चे क्षेत्रको मौलिक नेवारी र आठपहरिया कला, संस्कृति, भेषभुषा, रहनसहन तथा खानाको संरक्षण र प्रवद्र्धनका लागि फेस्टिबल गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले बताए । उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिकारसहितका २० वटा स्टल रहने छन् । 

त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक खेलहरु खेलाइनेछ । धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी र सन्देशमूलक चलचित्र पनि देखाइने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने उत्सवमा करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । उत्सवमा करिब १० लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ । 

  • Dhankutapress

थप