Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

अघिल्लो वर्षको तुलनामा यो वर्ष धनकुटामा होलिको रौनक वढ्यो

  •   ३ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता  (हेर्नुहोस फोटो फिचर) 

धनकुटा/जिल्ला सदरमुकाम धनकुटा वजारमा अघिल्लो वर्षहरुमा झै यो वर्ष पनि भव्य रुपमा होली पर्व मनाइएको छ ।  

 जिल्ला सदरमुकाम धनकुटा वजारको विभिन्न चोकमा भेला भएर धनकुटेलीहरुले रंगहरको पर्व होली मनाएका हुन् । यस पटको होली पर्वमा वयस्क, यूवायुवती र केटाकेटीहरुको वढी भिडभाड देखिएको थियो । होली पर्व यस पटक धनकुटा, हिले र सिधुवा वजारमा विशेष कार्यक्रमको आयोजना गरेर स्थानिय युवाहरुको पहलमा हर्ष उल्लासको साथ होली मनाएका छन् । 

यस पटक भने होली प्रेमीहरुले वजारको चोक चोकमा भेला भएर एकआपसमा रंगदल्ने, टिका लगाएर रंगीविरंगी रंङ्गहरुमा रमाएका थिए । यसै क्रममा होली पर्वको अवसरमा धनकुटा नगरपालिका वडा नं.६ स्थित् भिमसेन थानमा सोमवार होली विशेष सांगितिक कार्यक्रम सम्पन्न भएको छ । 

वौद्धिक विकास समाज धनकुटाको आयोजनामा सम्पन्न भएको लाईभ म्यूजिक कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडामा रहेको आरोह व्याण्डका ¥याप स्टार स्काई एडीले प्रश्तुती दिएका थिए । आयोजित कार्यक्रममा सयौं युवायुवतीहरु रंग खेल्न र एक अर्कामा शुभकामना साटसाट गर्न सहभागी भएका थिए । कार्यक्रममा स्थानीय कलाकारले विभिन्न गीत संगितमा नृत्य समेत प्रश्तुत गरेका थिए ।

त्यसैगरी हाम्रो डान्स सेन्टर धनकुटाले पनि होली पर्वको अवसरमा जुम्वा नृत्य प्रश्तुत् गरेको छ । डान्स सेन्टरका संचालक सन्तवीर तामाङका अनुसार डान्स सेन्टरमा सहभागी सवैलाई एकै थलोमा राखेर यस वर्षको होली मनाएको बताए । उनले होली पर्वको अवसरमा सामुहकि जुम्वा नृत्य हाम्रो डान्स सेन्टरले प्रश्तुत् गरेको वताए । 

त्यसैगरी स्थानिय मदनचोकमा दशक अघिदेखि सुरु गरिएको होलीनृत्य तथा सांगितिक कार्यक्रममा विशेषगरी युवा जमातको यो वर्ष उल्लेख्य सहभागिता रहेको थियो । होली पर्व द सेभन यूथ ब्लव, हाम्रो पाहुना घर र हाम्रो वुहुमखी धनकुटाले आयोजना गरेको पाठशालाका संचालक सरोज भूजेलले बताए । उनले होली विशेष कार्यक्रममा हाडी फुटाई प्रतियोगिता समेत आयोजना गरेको बताए । 

हाडी पुटाउने एकल प्रतियोगिताम राम नेपालीले विजय हाशिल गरेका थिए भने मट्का फुटाउने प्रतियोगितामा कृष्ण शाहाको समूहले जित हाशिल गरेको थियो । विजयी टोलीलाई आयोजकको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो । 


  • Dhankutapress

थप