Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको देब्रेबासमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ

सप्ताहको पहिलो दिन स्थानियले निकाले कलश यात्रा

  •   ३ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.४ देब्रेवासमा सोमवार देखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । 

यहाँ रहेको लक्ष्मी नारयण मन्दिरको सहयोगार्थ जनकल्याण टोलवस्ती संगठनको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको धनपा–४ का वडा सदस्य कविन्द्र अधिकारीले बताए ।

सप्ताहको पुर्व सन्ध्यामा लक्ष्मीनारयण मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु एवं स्थानिय भक्तजनहरुले धनकुटा बजारमा कलश यात्रा निकालेका छन् । उनीहरुले धनकुटा नगरपालिका वडा नं.४ देव्रेवास स्थित् लक्ष्मीनरयण मन्दिर देखि कलश यात्रा शुरु गरेर बजारको विविभन्न भागको परिक्रमा गरेका थिए । वजार परिक्रमा गर्ने क्रममा उनीहरुले माथिल्लो कोप्चे, विहिवारे हाट, तल्लो कोप्चे, टुडिखेल हुँदै निशान भगवतीको मिन्दर परिक्रमा गरेर पुनः लक्ष्मीनारयण मन्दिर देव्रेवास पुगेका थिए ।  

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा वराह क्षेत्र चतरा सुनसरीका मुख्य पण्डित योगेश भण्डारीको मुखरावृन्दाबाट कथा वाचन हुने जनकल्याण टोलवस्ती संगठनका अध्यक्ष कालिका अधिकारीले बताईन । भण्डारीको साथमा अन्य ६ जना पण्डितहरुको पनि सहभागीता रहेको टोल अध्यक्ष अधिकारीले बताईन । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आगामी चैत्र ५ गतेसम्म आयोजना हुने 

आयोजकले जनाएका छन् । सप्ताह ज्ञान महायज्ञको लागि आवश्याक पर्ने आर्थिक व्यवस्थापनको जिम्मा टोलवस्ती संगठन र मन्दिर व्यवस्थापन समितिले लिएको वडा सदस्य कविन्द्र अधिकारीले बताएका छन् ।   

  • Dhankutapress

थप