Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

तामाङ प्रतिभालाई सम्मान गर्न अक्षयकोषको घोषणा

अक्षयकोष घोषणा कार्यक्रमले तामाङ समाजमा सकरात्मक शंदेश

  •   ३ महिना अघि | १४ फाल्गुन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता :  (हेर्नुहोस फोटो फिचर सहित )

हिले/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, धनकुटाले तामाङ प्रतिभाहरुलाई हौसला, सम्मान, उत्प्रेरणा एवम् सहयोग प्रदान गर्ने उदेश्यले ५ लाख वरावरको अक्षयकोष स्थापना गरिएको छ । 

पहिलो पटक शुरु गरिएको अक्षयकोष घोषणा कार्यक्रमलाई धनकुटेली तामाङ समाजका प्रमुख एवं प्रतिनिधिहरुले सकरात्मक रुपमा लिएका छन् । उनीहरुले अक्षयकोष घोषणा कार्यक्रम स्थल मै तामाङ प्रतिभाहरुको सम्मान, उत्प्रेरणा, हौसला र सहयोग गर्ने उदेश्यको साथ स्थापना गरिएको भन्दै आर्थिक सहयोग समेत गरेका छन् । उनीहरुले कार्यक्रम स्थल मै खुलेर भने–‘यस्तो राम्रो सामाजिक कार्यको हामी प्रशंसा गर्छौ र जति सकेको सहयोग समेत गछौं ।’ 

२८६० डुक ल्हो सोनाम ल्होछारको समापनको अवसर पारेर सनिवार धनकुटाको हिलेमा आयोजना गरिएको शुभकामना आदन प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रममा तामाङ प्रतिभाहरुलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको हो । 

कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व संघीय अध्यक्ष धनप्रसाद तामाङ, विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ,अतिथि सुन्दर थोकर तामाङ, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दसरथ राई र जिल्ला घेदुङ धनकुटाका अध्यक्ष पेमा कुमारी लामाले संयुक्त रुपमा पानसमा वत्ति वालेर अक्षयकोषको व्यानर सार्वजानिक गर्दै संयुक्त रुपमा घोषणा गरे । सो अवसरमा तम्वा संघका केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तान र तामाङ संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामाले तामाङको डम्बा वजाएर अक्षयकोष घोषणामा सरिक भएका थिए । 

आगामी १ वर्ष भित्रमा ५ लाख रुपयाँ पु¥याउने उदेश्यका साथ शुरु गरिएको अक्षयकोषको लागि सनिवार कार्यक्रम स्थलमा ७० हजार ७ सय ५५ रुपयाँ नगद संकलन भएको जिल्ला घेदुङ धनकुटाका पूर्व सचिव एवं अक्षयकोष संचालक समितिका सदस्य सचिब सन्तवीर मोक्तानले बताए । उनले सो कार्यक्रममा अक्षयकोषको लागि सहयोग गर्ने दाताहरुको नामवली समेत सार्वजाकि गर्दै सम्पूर्णलाई धन्यवाद् दिएका थिए । 

अक्षयकोषलाई सहयोग प्रदान गर्नेहरुमा नेपाल तामाङ घेदुङका संघीय सदस्य विष्णु मोक्तान, घेदुङका पुर्व संघीय अध्यक्ष धनप्रसाद तामाङ, घेदुङका कास्की जिल्ला इन्चार्ज सुन्दर थोकर तामाङबाट १५ हजार, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ १० हजार, धनकुटा–१ हिलेका कुशल व्यवसायी एवं समाजसेवी इन्द्र तितुङ तामाङ १० हजार, जिल्ला घेदुङ धनकुटाका अध्यक्ष पेमा कुमारी लामाबाट १० हजार, वुद्ध तितुङ धनपा–१ हिलेबाट २ हजार, हरिलाल तितुङ धनपा–हिले १ हजार, ५ सय, चन्द्र वहादुर योन्जन धनकुटा–१ हिले १ हजार, १ सय रुपयाँ अक्षयकोषको लागि आर्थिक सहयोग गरेका छन् ।

त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.९ लिसिम्वुबाट समाजसेवी यज्ञ घिसिंङले १ हजार, ५०, धनपा–१ न्यूरोडका घर भएका गजेन्द्र घिसिङबाट १ हजार, ५०, धनपा–१ वोक्रे वरवोटेका रामवहादुर तामाङले १ हजार, १० रुपयाँ, लखीमाया ब्लोन धनकुटा–४ बाट १ हजार, ५ रुपयाँ, पेमा ग्लान धनकुटा–४ बाट ५ सय २०, रणवहादुर तामाङ धनकुटा–१ वाट ५ सय, २० रुपयाँ, धावा वाङ्गेल मोक्तानबाट ५ सय र धनकुटा–६ का जिम्मा दोर्जे मोक्तनबाट ५ सय  गरी जम्मा ७० हजार, ७ सय ५५ रुपयाँ संकलन भएको जिल्ला घेदुङ धनकुटाका सचिव गजमसिं घिसिङले बताए । 

अक्षयकोष घोषणा कार्यक्रमको चौतर्फि प्रशंसा :

धनकुटेली तामाङ समाजको लागि सदुपयोग गर्ने गरी पहिलो पटक स्थापना गरिएको ‘तामाङ कल्याणकारी अक्षयकोष’ को चौतर्फि प्रशंसा गरिएको छ । यो कोषलाई जसरी भएपनि वढोत्तरी गरेर लानु पर्नेमा उनीहरुको जोड रहेको छ । कोषको व्यानर सार्वजानिक गर्दै नेपाल तामाङ घेदुङका पूर्व संघीय अध्यक्ष धनप्रसाद तामाङले तामाङ कल्याणकारी अक्षयकोष घोषणा कार्यक्रमको प्रशंसा गरेका छन् । उनले भने–‘यो सामाजिक कामको म उच्च प्रशंसा गर्छु र सहयोग पनि गर्छु ।’ 

त्यसैगरी नेपाल तामाङ घेदुङका संघीय सदस्य एवं धनकुटा घेदुङका इन्चार्ज विष्णु मोक्तानले अक्षय कोषको लागि जति सक्दो सहयोग गरेर जाने प्रतिवद्धता जनाएका छन् । धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले अक्षयकोष घोषणा कार्यक्रमले आफूलाइ्र्र हौषला जागेको वताएका छन् । उनले यस्लाई सवैलाई समेटेर संगठित गरेर अघि वढाउनु पर्नेमा जोड दिएका छन् ।  

त्यसैगरी कास्की जिल्ला इन्चार्ज समेत रहेको संघीय सदस्य सुन्दर थोकरले पनि अक्षयकोष घोषणा कार्यक्रमलाई सकरात्मक रुपमा लिर्दै आर्थिक सहयोग समेत गरेका छन् । त्यसैगरी धनकुटा हिलेका कुशल व्यवसायी एवं समाजसेवी इन्द्र तितुङ तामाङले कार्यक्रम स्थल मै आर्थिक सहयोग गरेर कार्यक्रमको प्रशंसा गरेका छन् । उनले भने–‘राम्रोसंग अक्षयकोषको लागि सहयोग जुटाउँदै उठाउँदै लानु होस अझ्ैआगामी दिनमा पनि सहयोग गर्छु ।’ 

अक्षयकोषलाई वृद्धि गर्न सातै पालिकमा रहेका का तामाङ समुदायले सहयोग गर्ने प्रतिवद्धता :

सोनाम ल्हेछार २८६० डुक ल्हो औपचारिक समापन एवं ६८ औं नेपाल तामाङ घेदुङको स्थापना दिवशको अवसर पारेर घोषणा गरिएको अक्षयकोषको लागि कार्यक्रम स्थलमा सहभागी नगरका विभिन्न वडाका तामाङ दाजुभाई तथा दिदिवहिनीहरुले आ–आफ्नो गक्ष्य अनुसार सहयोग गरेका छन् ।

उनीहरुको एउटै जोड थियो–‘सवैले सहयोग गरेर यो तामाङ समाजको लागि पहिलो पटक स्थापना गरिएको कल्याण्कारी अक्षय कोषलाई राम्रो वनाएर लानु पर्छ ।’ हामी सहयोग गर्न तयार छौं–भन्दै तम्वा संघ नेपाल धनकुटाका अध्यक्ष हरिलाल मोक्तानले भने । धनकुटा जिल्लामा रेहका १५ हजार ९ सय ५० भन्दा वढी तामाङ समुदायको हितमा प्रयोग हुने गरि शुरु गरिएको अक्षयकोष घोषणा काय्र्रक्रमको संचालन फोनिज प्रदेश १ का अध्यक्ष एवं घेदुङका पुर्व धनकुटा जिल्ला सचिव सन्तवीर लामाले गरेका थिए । 

कार्यक्रममा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका, छथरजोरपाटी गाउँपालिका, पाख्रीवास नगरपालिका, धनकुटा नगरपालिकाका तामाङ घेदुङका पदाधिकारी, एवं सदस्यहरु, म्हानिपा घेदुङ, लामा घेदुङ, महिला घेदुङ, तामाङ पत्रकार संघ, तम्वा संघ धनकुटाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । ल्होछार समापनको अवसरमा आयोजना गरिएको विविध साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु धावा वाङ्गेल मोक्तान, छेवाङ तेन्जिङ लामा, योजम तामाङको विशेष तामाङ सेलामा प्रश्तुती रहेको थियो ।

हाम्रो डान्स सेन्टर हिले र धनकुटाको विशेष सांगितिक प्रश्तुती :

तामाङ संस्कृति घेदुङका संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामा, तम्बा संघका केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तान, धनकुटा जिल्लाका तम्बा संघका अध्यक्ष हरिलाल मोक्तान, दिलवहादुर घिसिङ, गंगा तितुङ लागायतले डम्फू सेलोबाट सांङ्गसेर्गेम गरेका थिए ।

त्यसैगरी ल्होछार समापन कार्यक्रममा हाम्रो डान्स सेन्टर हिले र धनकुटाले विशेष सांगितिक प्रश्तुति प्रदर्शन गरेको थियो । कार्यक्रममा हाम्रो डान्स सेन्टर हिले र धनकुटाका दुई दर्जन कलाकारहरुको विशेष प्रश्तुती रहेको आयोजक संस्था तामाङ घेदुङ धनकुटाका कोषाध्यक्ष करिस्मा तामाङले बताईन । सो कार्यक्रममा विशेष गरेर हिलेमा रहेको हाम्रो डान्स सेन्टरका साना साना नानीहरुले तामाङ सेलो लगायत रिमिक्स गीतमा नृत्य प्रश्तुत् गरेका थिए । साथै हाम्रो डान्स सेन्टर धनकुटाको तर्फबाट व्यवस्थापक मञ्जु राईको अगुवाईमा जुम्बा आमा टोलीले आधा दर्जन तामाङ सेलो र रिमिक्स गीतमा नृत्य प्रश्तुत् गरेका थिए । 


ल्होछार समारोहमा सहभागी अतिथि र कलाकारहरुलाई मायाको चिनो र सम्मान : 

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिको आयोजना, तम्बा संघ धनकुटाको सह आयोजना र तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाको व्यवस्थापनमा भएको ल्होछार समापन समारोहमा सहभागी अतिथि एवं कलाकारहरुलाई सम्मान गरिएको छ । सो अवसरमा कार्यक्रमका अध्यक्ष पेमाकुमारी लामाले प्रमुख अतिथि धन प्रसाद तामाङ, अतिथि सुन्दर थोकर तामाङ, हाम्रो डान्स सेन्टर हिले र धनकुटालाई संयुक्त रुपमा मायाको चिनो प्रदान गरेका थिए । डान्स सेन्टरका तर्फबाट धनकुटाका व्यवस्थाक मञ्जु राईलाई मायाको चिनो प्रदान गरिएको थियो । 

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि धन प्रसाद तामाङ र विशेष अतिथि निरेन तामाङ र अतिथि विष्णु मोक्तानले कलाकारहरु धावा वाङ्गेल मोक्तान, छेवाङ तेन्जिङ लामा, योजम डिम्दुङ तामाङ र हिले व्याडमिटन क्लवलाई कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दै सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको तर्फबाट अध्यक्ष पेमाकुमारी लामाले धन्यवाद दिएका थिए । औपचारिक कार्यक्रमको संचालन जिल्ला सचिव गजम घिसिङले गरेका थिए भने सांगितिक कार्यक्रमको संचालन सह–सचिव सन्तोष तिुङले गरेका थिए ।


  • Dhankutapress

थप