Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सत्तागठवन्धनबाट सुनिल र एमालेबाट राजेन्द्रको उम्मेदवारी

पुर्व शान्ती मन्त्री चेम्जोङले प्रदेशसभा सदस्यको लागि दिए उम्मेदवारी

  •   ४ वर्ष अघि | २३ असोज २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्र्तगत संघतर्फ ८ जनाले आइतवार उम्मेदवारी दर्ता गराएका छन् ।

गठवन्धनको तर्फबाट संघमा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट केन्द्रिय सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै दशैअघि मात्रै माओवादी केन्द्र परित्याग गरि स्वतन्त्र वनेका नेकपा माओवादीका पूर्व पोलिटव्यूरो सदस्य हेमराज भण्डारीले पनि संघमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै पूर्वमाओवादी नेता गंगाराम गोम्देनले पनि स्वतन्त्रको रुपमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको तर्फबाट अमुल राई, एकिकृत शक्ति नेपालका रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी कुमार वहादुर थापा, मंगोल अर्गनाइनेशनका विश्वमित्र लावती, स्वतन्त्र उम्मेदवारको रुपमा सुन्दरवावु श्रेष्ठले पनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनकुटामा संघ तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको छ । 

प्रदेश सभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा क मा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका अर्जुन राई र प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य रहेकी कुशुमकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छिन् । त्यस्तै नेकपा एमालेले पुरानै अनुहारलाई प्रदेश सभा सदस्यका लागि दोहोर्याएको छ । प्रदेश सभा क मा जिल्ला सचिव समेत रहेका निरनकुमार राई र प्रदेश सभा ख मा जिल्ला अध्यक्ष समेत रहेका इन्द्रमणी पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्यको उम्मेदवारीको रुपमा चर्चामा रहेका जनता समाजवादी पार्टी जसपाका १ नम्वर प्रदेश इन्चार्ज एवं केन्द्रिय नेता रकम चेम्जोङले अन्तिममा प्रदेश सभा क मा उम्मेदवारी दर्ता गराएका छन् । जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रदेश सभाको दुई वटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । जसपाले प्रदेश ख मा जिल्ला सचिव डम्वर कटुवाललाई उम्मेदवारको रुपमा उठाएको छ । चेम्जोङ गठवनधनको कार्यदलमा रहेर पनि संघको टिक लिन नसके पनि प्रतिनिधिसभामा मै उम्ेमदवारी दिने तयारी भैरहेको भए पनि आईतवार अचानक प्रदेश क मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।   

प्रदेश सभा ख मा राप्रपा नेपालबाट सोमबहादुर घिसिङ तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट विष्णु विक्रम राई, राप्रपाबाट श्यामकुमार गुरुङ, स्वतन्त्रको रुपमा जितेन्द्र माङपाङ राई, नेपाली कांग्रेसका यूवा नेता वालावन्द दाहाल लगायतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभा क मा राप्रपा नेपालबाट योगेन्द्र आलेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

  • Dhankutapress

थप