Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

राजनीतिक प्रतिसोध साँधेर पक्राउ गरेको भन्दै सरकारलाई ज्ञापनपत्र

  •   २ वर्ष अघि | ८ कार्तिक २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले केन्द्रिय अध्यक्ष रवि लामीछानेलाई राजनीतिक प्रतिसोध साँधेर पक्राउ गरेको विरोधमा वुधवार जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापनपत्र वुझाएका छन् । 

रास्वपाका जिल्ला संयोजक बालानन्द दाहालको अगुवाईमा जिल्ला प्रशासन कार्यालय धनकुाटका प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल मार्फत नेपाल सरकार एवं मन्त्रिपरिषदको कार्यालय सिंहदरवार काठमाण्डौलाई राजनीतिक प्रतिशोध साँध्ने गरी धरपक्कड गरेको विरोधमा १० वुँदे ज्ञापनपत्र बुझाएका हुन् । 

प्रेशित ज्ञापनपत्रमा भनिएको छ–‘वास्तविक सहकारी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी जनताको पैसा अपचलन गरिएको ठहरिए कार्वाही गर्नु पर्नेमा वर्तमान सरकारले सहकारी ठगी प्रकरणमा संलग्न नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोध साँध्ने गरी पार्टी केन्द्रिय अध्यक्ष लामिछानेलाई धरपक्कड गरिएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटा घोरभत्र्सना गर्दछ ।’ 

प्रेशित ज्ञापनपत्रमा वास्तविक सहकारी ठगी प्रकरणमा संलग्नलाई कार्वाही गरियोस, सहकारी ठगी छाविन संसदिय समितिले ८७ अर्ब भन्दा वढी अपचलन गरिएको भनिएको विषय खोजविन गरी दोषीलाई कार्वाही गरियोस, सहकारी पिडितको रकम तुरुन्त फिर्ता गरियोस, वाँसवारी, टिकापुर जग्गा प्रकरणको निष्पक्ष तत्काल छानविन गरी दोषीलाई कार्वाही गरियोस, भूटानी शरणर्थि काण्ड, गिरीवन्धु टि–स्टेट् जग्गा ठगी प्रकरणको दोषी लगायतलाई कानुन् वमोजिम कार्वाही गर्न माग गरिएको छ । 

ज्ञापनपत्र वुझाउने क्रममा रास्वपा जिल्ला संयोजक वालानन्द दाहाल, धनकुटा नगर सचिव भूवन थापा लगायतले १ दर्जन नेता कार्यकर्ता सहभागी थिए । उनीहरुले ज्ञापन पत्र वुझाए पश्चात धनकुटा बजारको चुवाको बोटमा कोणसभा आयोजना गरेका थिए । ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले सम्वन्धित् ठाउँमा ज्ञापनपत्र पठाई दिने प्रतिवद्धता जनाएका थिए । 

  • dhankutapress

थप