Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

कोशी प्रदेश सरकारको वैठक पहिलो पटक धनकुटामा

तीन वटा महत्वपुर्ण निर्णय

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/कोशी प्रदेश सरकारको मन्त्री परिषद्को वैठक पहिलो पटक धनकुटामा मंगलवार वसेको छ । 

धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रि परिषद्को सम्पर्क कार्यालयमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा मन्त्री परिषद्को वैठक पहिलो पटक वसेको हो । मन्त्रीपरिषद्को वैठकले महत्वपूर्ण तीन वटा निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले बताए । 

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई वैठकको निर्णय सुनाउदै ।

संचारकर्मीहरुलाई वैठकको निर्णय वाचन गर्दै मन्त्री राईले प्रदेशका सम्पूर्ण कार्यालयहरुले मायाको चिनो तथा उपहारहरु प्रदानको लागि प्रदेश भित्रै उत्पादन भएको वस्तुहरुलाई उपहार तथा चिनोको रुपमा प्रदान गर्न सवै कार्यालयहरुलाई कोशी प्रदेश सरकारको तर्फबाट पत्रचार गर्ने, किरातीहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको खुवालुङलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने र कोशी प्रदेश सरकारको मन्त्री परिषद्को वैठक हरेक महिनाको एक पटक धनकुटामा वस्ने निर्णय गरेको बताए ।

२०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरेका थिए । तर सम्पर्क कार्यालय स्थापना गरेको लामो समय वित्दा समेत एक पटक पनि धनकुटामा वैठक वसेको थिएन । मुख्यमन्त्रीको रुपमा कार्की नियुक्ति भएसँगै धनकुटामा मन्त्रीपरिषद्को वैठक वसेको हो ।  

  • Dhankutapress

थप