Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

साँगुरीगढीमा जसपा नेपालको नया गाउँ कमिटि पुनर्गठन

अध्यक्षमा खड्ग आङ्गला चयन

  •   २ वर्ष अघि | १० भदौ २०८१, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता

धनकुटा/जनता समाजपादी पार्टी नेपालको साँगुरीगढी गाउँकमिटि सोमवार पुनर्गठन गरिएको छ । 

पार्टीका संघीय समितिका सचिव राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले लिम्वुवान राष्ट्रिय समितिका सदस्य समेत रहेको यूवा नेता खड्ग आङ्गलालाई अध्यक्षमा चयन गरिएको छ । आङ्गला ०७४ को स्थानिय तहको निर्वाचनमा साँगुरीगढी गाउँपालिका वडा नं.४ का निर्वाचित वडाध्यक्ष हुन् । उनी तत्कालिन समयमा संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा विजयी हासिल गरेका थिए । ०७९ को स्थानिय तहको निर्वाचनमा झिनो मतले वडाध्यक्षमा पराजित भएका थिए । 

त्यसैगरी गाउँ कमिटिको उपाध्यक्षमा भीम लिम्वू, पुनम लिम्वू राई, सचिवमा सुरेश याम्फू, सह–सचिवमा नरेन्द्र लिम्वू र कोषाध्यक्षमा सुबोध इबाहाङ्गलाई चयन गरिएको छ । 

२४ सदस्यीय गाउँ कार्य समितिको सदस्यहरुमा दुर्गा प्रसाद थेगिम, संगीता लिम्वू, सूमन लिम्वू, रजुला राई, हेलन राई, भूपाल सिं राई, जगत राई, पूर्णसिं राई, चन्द्र राई, विनोद लिम्वू, दिलकुमार लिम्वू,सन्देश इङ्गनाम, नरेन्द्र लिम्वू, हरि इवाहाङ्ग, सुवोध लिम्वू, सुजना निरौला, फुलमाया वि.क. र प्रकास लिम्वूलाई चयन गरिएको छ । 

साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष भीम लिम्वूको अध्यक्षतमा सम्पन्न गाउँ कमिटी पुनर्गठन तथा भेलामा संघीय समितिका सचिव राजकुमार राईलाई पार्टीको समसामयिक विषयमा प्रशिक्षण दिएका थिए । उनले पार्टीले संचालन गरेको ४ महिने ‘जनतासंग जसपा’ संगठन सुदृढिकरण अभियानको बारेमा जानकारी गराएका थिए । उनले पार्टीको जिम्मेवार पदमा बसेका केहि नेताहरुले पार्टीको छोडे पनि नआत्तिन सहभागी पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने–‘स्वार्थको पछि लागेर हिडियो भने अधिकार प्राप्त नहुने भएकाले सम्पूर्णलाई एक भएर अघि वढ्न म आग्रह गर्छु ।’

पार्टीका जिल्ला अध्यक्ष पार्वती राईले साँगुरीगढी गाउँपालिकाको १० वटै वडामा पार्टी पुनर्गठन गरेर चाँडै वृहत गाउँ भेला गर्ने तयारी भैरहेको बताए । उनले भेला तथा वैठकले गएको भाद्र ३ गते जसपा त्याग गरी अन्य पार्टीमा प्रवेश गरेकाहरुलाई साधरण सदस्य समेत नरहने गरी निस्काशन गरिएको बताए । भेलामा जिल्ला सचिब डम्वर कट्वाल, जिल्ला कमिटी सदस्य भवानी शंकर चाम्लीङ, सर्मिला राई, लिम्वूवान राष्ट्रिय समिति सदस्य सोनिका आठपहरिया लगायतको उपस्थिति रहेको थियो । 

  • dhankutapress

थप