Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

जनता समाजवादी पार्टी नेपाल धनकुटा जिल्ला अध्यक्षमा पार्वती राई

पहिचानको आन्दोलनमा सवैलाई समेटेर लाने उद्धघोष

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वादाता

धनकुटा/जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति धनकुटाको अध्यक्षमा पुनः पार्वती राई सर्वसमवत निर्वाचित भएका छन् । 

जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा सनिवार सम्पन्न जिल्ला भेलाले यस अघि कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरीरहेका राईलाई पुनः अध्यक्षमा चयन गरिएको हो । 

भेलाले उपाध्यक्षमा सरोज आठपहरिया, दिवा चेम्जोङ, सचिवमा डम्वर कटुवाल, सह–सचिवमा नारयणजुन राई र नाथुराम राईलाई चयन गरिएको छ । ४३ सदस्सीय जिल्ला समन्वय समितिको सदस्यहरुमा सविला मोक्तान, कृष्ण गोविन्द चेम्जोङ, इन्द्र वहादुर भण्डारी, सोवितमान भण्डारी, इन्दिरा केसी, मणी साँवा, गंगा याखा, लोकवहादुर चेम्जोङ, टेक वहादुर भट्टराई, नगेन्द्र राना, हरीभक्त घिसिङ, सर्मिला राई, प्रमिला इधिङ्गो रहेका छन् ।

त्यसैगरी अन्य जिल्ला सदस्यहरुमा श्री राई, भूपाल राई, गंगा चेम्जोङ, भवानी शंकर चाम्लीङ, डम्वर वहादुर राई, अशल चेम्जोङ, आशिष आठपहरिया, शान वहादुर इङ्गनाम, खम वहादुर लिम्वुखिम,अनिता राई, दिपन लिम्वू, निशान किराँती, विजय राई, मिना राई, शुक्र चेम्जोङ, भीम लावती, यज्ञकुमारी चेम्जोङ, गीता खड्का, छत्रप्रसाद राई, देवी माया दर्जी, गंगा अधिकारी, राधा राई रहेका छन् ।

जिल्ला भेलाको वन्द सत्रमा पार्टीको जिल्ला समन्वय समिति पुनर्गठनको लागि प्राध्यापक नगेन्द्र देवानले प्रस्ताव पेश गर्दै नयाँ नेतृत्व चयनको लागि सहजीकरण गरेका थिए भने निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई पार्टीका प्रदेश नं.१ का इन्चार्ज आर्सी तुम्वाले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए । 

पद तथा गोपनियाताको सफत लिएसंगै नवनिर्वाचित अध्यक्ष पार्वती राईले भनिन्–‘प्रदेश नं.१ पुनः नामंकनको लागि चलिरहेको पहिचानको आन्दोलानलाई सशक्त ढंगले अघि वढाउनको लागि धनकुटा जिल्लामा सवैलाई समेटेर लान आफू तयार रहेको छु ।’ उनले भनिन्–‘पार्टीलाई जनस्तरसम्म पु¥याएर संगठन विस्तार गरी अघि वढाउनको लागि सवै पदाधिकारी एवं सदस्यहरु साथै पार्टी नेताहरुले सक्दो सहयोग गर्नु पर्छ ।’

जसपाका नवनिर्वाचित अध्यक्ष पार्वती राईको अध्यक्षतामा सम्पन्न जिल्ला भेला तथा पुनर्गठन कार्यक्रममा जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राई, प्रदेश नं.१ का इन्चार्ज आर्सी तुम्वा,  जसपाका नेता तथा निर्वाचन समिति सदस्य धर्मकुमार राई, केन्द्रिय सदस्य सरकुमारी आठपहरिया, प्रदेश सदस्यहरु बलवहादुर राई, आईत चेम्जोङ लगायतले संघीयता, लोकतन्त्र र पहिचानको लागि शसक्त ढंगले नेपाली जनता एक भएर अघि वढ्नुको विकल्प नरहेको औल्याएका छन् । 

 त्यसैगरी पार्टीका प्रदेश कमिटी सदस्य उपेन्द्र लावती, भक्त तुम्खेवा, पार्टी प्रदेश कमिटी मुख्य सचिव घनश्याम कट्वाल प्राध्यापक नगेन्द्र देवान, यूवा संघ नेपाल प्रदेश मुख्य सचिव निशान किराँती, लिम्वुवान राज्य समितिका अध्यक्ष जेण्टल लावती, मुख्य सचिव केदार धिमाल, प्रेस मञ्च प्रदेश समितिका उपाध्यक्ष एवं धनकुटा जिल्ला सल्लहाकार संयोजक सन्तवीर लामा लगायतले प्रदेश नं.१ को पुनःनामंकन गर्न चलिरहेको पहिचानको आन्दोलनलाई सहि ढंगले विश्लेषण गर्दै अघि वढाउनको लागि पार्टीले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिदै निर्वाचित पदाधिकारी एवं ससदस्यहरुको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । 


  • Dhankutapress

थप