धनकुटा प्रेस अनलाइन खवर सम्वाददाता
धनकुटा/नेकपा एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ मनोनित भएका छन् ।
आउदै गरेको विजय दशमी तथा दिपावली लगायत चाडपर्वहरुको अवसर पारेर धनकुटाको सामुदायिक भवनमा मंगलवार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमको अवसरमा नगर संगठन कमिटी गठन गरीएको हो । त्यस्तै उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उप–सचिवमा मानबहादुर राई र दुर्गा वस्नेत ढकाल चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमाले धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुले संगठन कमिटी घोषण गरेका थिए । त्यस्तै नव संगठीत पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रिय सदस्य राजेन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । त्यस्तै कार्यक्रममा संगठित सदस्यहरुलाई जिल्ला अध्यक्ष शिव आङ्ला, केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राई, केन्द्रिय सदस्य विनादेवी राई, प्रदेस सचिवालय सदस्य उज्वल किराँती, धनकुटा जिल्ला उपाध्यक्ष चिन्तन तामाङ लगायतले खादा माला लगाएर बधाई ज्ञापन गरेका थिए ।
सो अवसरमा कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले आगामी निर्वाचनमा धनकुटालाई नेकपा एमालेमय बनाउनु पर्नेमा जोड दिएका छन् । उनले नव संगठित पदाधीकारी एवं सदस्यहरुलाई भने, जनताको घरघरमा गई के छ समस्या त्यस्को समाधान तिर लाग्न समेत निर्देशन दिए ।
त्यस्तै कार्यक्रममा नजिकिदै गरेका विजय दशमी, शुभदिपवली, नेपाल सम्वत्, छठ, ल्होछार, वडाङ्गमेट, मंसिरे चाड, साकेला उधौली, चासोक तङ्नाम लगायतको नेपालीहरुका विभिन्न साँस्कृतिक चाडपर्वहरुको सांस्कृतिक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरीएको थियो ।
- dhankutapress