Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सवारी दुर्घटना, न्यूनिकरणको लागि ट्राफिक सप्ताहव्यापी कार्यक्रम

अघिल्लो वर्षको तुलनामा धनकुटामा सवारी दुर्घटनाको दर घट्यो

  •   ३ वर्ष अघि | १९ असार २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/सडक, अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक सप्ताह–०८० को मंगलवार एक समारोहको विच धनकुटाको हिलेमा उद्धघाटन गरिएको छ ।

आन्तरिक तथा कानुन् मन्त्रालय कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा प्रदेशको १४ वटै जिल्लामा एकै साथ सप्ताहको उद्धघाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले ताप्लेजुङ जिल्लाको मैया खोला गाउँपालिका–३ घर भएका कोशी लोकमार्गका सवारी चालक होम भट्टराईलाई दोसल्ला ओडाएर सम्मान गर्दै ट्राफिक सप्ताहको समुद्धघाटन गरेका थिए ।

प्रजिअ गौतमले सवारी दुर्घटना नेपालमा गम्भिर र चिन्ताजनक समश्याको रुपमा आएको बताएका छन् । गौतमले भने–‘नेपालमा अघिल्लो वर्ष २ हजार, ८ सय, ८३ जनाले सवारी दुर्घटनाको कारण ज्यान गुमाएका छन् ।’ उनले यो वर्ष २ हजार, ३ सय जनाले मात्र ज्यान गुमाएको पाइयो । अघिल्लो वर्षको तुलनामा देशव्यापी रुपमा ५ सय ८३ जनाले कमी आएको तथ्याङ्गक वाहिर आएको प्रजिअ गौतमले सुनाए । प्रजिअ गौतमले सवारी दुर्घटना हुनुमा सवारी साधनको कण्डिसन, चालक लाईसेन्स वितरण प्रणाली र सडकको अवस्था मुख्य कारण हुने औल्याए । 

त्यसैगरी धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिनाथ सुवेदीले के कारणले दुर्घटना भएको सहि ट्राफिक नियम अनुसार पहिचान गरेर अघि वढेको खण्डमा मात्र दुर्घटना न्यूनिकरण हुने बताए । उनले धनकुटा नगरपालिकाको वडा नं. ७ र १ मा ट्राफिक व्यवस्थापन गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे । सुवेदीले आगामी वर्ष कार्यक्रम बनाएरै धनकुटा नगरको २ व्यस्त वडामा ट्राफिक व्यवस्थापन गर्ने बताए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोशी प्रदेशमा अघिल्लो वर्ष ५ सय, ३१ ले ज्यान गुमाएको बताए । उनका अनुसार यो वर्ष ४ सय, १४ जनाले मात्र ज्यान गुमाएका छन् । अघिल्लो वर्षको तुलनामा १ सय १७ जना कमि आएको देखिएको छ । 

धनकुटामा भने सवारी दुर्घटनाको प्रतिसत दर घटेको छ । धनकुटामा अघिल्लो वर्ष १२ जनाले ज्यान गुमाएका थिए भने यो वर्ष ५ जनाले मात्र ज्यान गुमाएका छन् । तुलनात्मक रुपमा धनकुटा जिल्लाको हकमा ६५ प्रतिसत भन्दा वढी दुर्घटनामा न्यूनिकरण आएको तथ्याङ्गक सार्वजानिक गरिएको थियो । सवारी नियम उलंघन गर्ने सवारी चालक, सवारी धनीलाई यो वर्ष दण्ड जरीवाना गर्दा ८० लाख भन्दा वढी राजश्व धनकुटामा संकलन भएको ट्राफिक प्रमुख खड्काले वताए । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाको अध्यक्षतामा सम्पन्न ट्राफिक सप्ताह उद्धघाटन समारोहमा धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङ्गदा थिङ तामाङ, उद्योग वाणिज्य संघ धनुकटाका अध्यक्ष विजय सन्तोषी राई, हिले माविका प्रधानाध्यापक खगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु पुर्व हिले वजारको तोङ्गबा चोक देखि विभिन्न ट्राफिक सचेतनामुलक शन्देश र चिन्हहरु लेखिएको प्लेकार्ड सहित सहभागीले वजार परिक्रमा गरेका थिए । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, हिले मावि, मदरलेण्ड अंग्रेजी सेकेण्डरी बोर्डिङ स्कुलका छात्र–छात्राहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

अन्य तस्विरहरु :




  • Dhankutapress

थप