Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आकश्मिक र सुनियोजित ढंगले ‘कोशि प्रदेश’

पहिचान विरोधी नामको विरुद्धमा आदिवासी जनजाति महासंघले चरणवद्ध आन्दोलन गर्ने

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/१ नम्वर प्रदेशको नाम ‘कोशि प्रदेश’ भएपछि पहिचानवादी संङ्घ संगठनहरुले प्रदेश सरकारको निर्णय विरुद्ध चरणवद्ध आन्दोलन गर्ने भएका छन् । 

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) १ नम्वर प्रदेश समन्वय समितिका अध्यक्ष ध्रुर्व सुब्बाले पहिचानलाई लत्याएर जवर्जस्ती ढंगले ल्याइको ‘कोशि प्रदेश’ यहाँका आदिवासीहरुलाई कुनै पनि हालतमा मान्य नहुने वताए । उनले भने–‘नेपाली जनताले पहिचान सहितको संघियता खोजेका हुन् ।’ भूगोलको आधारमा त पहिल्यै नै थियो भन्दै प्रदेश सरकारले गरेको ‘कोशि प्रदेश’ नामंकनको विरुद्ध घोर भत्सर्ना गर्दै प्रदेशव्यापी आन्दोलन गर्ने वताए । 

सुब्बाले विहिवार (आज) देखि नै आदिवासी जनजातिहरुले चरणवद्ध आन्दोलन गर्ने भएपछि प्रदेश सरकारले विदा दिएर पन्सिन खोजेको आरोप लगाए । हामी १ नम्वर प्रदेशको नाम पहिचान र सभ्यतामा आधारित ‘लिम्वुवान–किराँत’ नभएसम्म आन्दोलनको आँधिवेहरी सृजना गर्ने चेतावनी दिएका छन् । 

त्यसैगरी नेपाल तामाङ घेदुङ्गका संघिय समितिका सल्लाहकार एवं पहिचानवादी अभियान्ता सुजेन्द्र गोले तामाङल े १ नम्वर प्रदेशको नाम ‘आकस्मिक र सुनियोजित’    ढंगले ‘कोशि प्रदेश’ राखिएको आरोप लगाएका छन् । उनले दलहरुलाई पनि प्रदेश सभामा छलफल र सम्वाद नगरी जवर्जस्त ढंगले ‘कोशि प्रदेश’ नामंकन गरिएको छ, यो आफैमा प्रदेश नं.१ सरकारको पहिचान विरोधी षडयन्त्र भएको आरोप लगाए । गोलेले भने–‘निर्वाचनको बेला दलका नेताले पहिचानको आधारमा प्रदेश नं.१ को नामंकन गर्ने भन्ने आज पहिचानको विरुद्धमा मत दिन्छन् भने यसको दोष प्रदेशसभा सदस्यहरुले लिनु पर्छ ।’ उनले २ नम्वर प्रदेश नाम ‘मधेश प्रदेश’ हुँदा १ नम्वर प्रदेश नाम किन ’किराँत प्रदेश’ हुन नसक्ने भन्दै पहिचान विरोधी प्रदेश सरकारलाई प्रश्न गरे । 

यसै विच धनकुटामा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको अगुवाईमा धनकुटा–७ जिरोपोइन्टमा कोशि प्रदेश नामंकन गरेको भन्दै विरोध स्वरुप २ घण्टा चक्काजाम गर्ने वताएका छन् । विहिवार (आज) १० वजे देखि २ घण्टा चक्काजाम गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटामा आवद्ध संस्था किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष उद्धवमणी राईले धनकुटा प्रेसलाई वताए । उनले ९ वजे दखि नै गर्ने भनिए पनि सहभागीहरु भेला हुन समय लागेका १० वजे देखि गर्ने तयारी भएको वताएका छन् । उनले चक्काजाम कार्यक्रममा धनकुटामा रहेका सम्पुर्ण एकल जातिय संस्थाहरुको सहभागिता हुने वताए ।

प्रदेशसभाले वुधवार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘कोशि प्रदेश’ टुङ्गो लगाए पछि १ नम्वर प्रदेश भरी विरोध स्वरुप चरणवद्ध आन्दोलन गर्ने नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले वताएका छन् । उनले सार्वजानिक सवारी साधनहरु भन्दा पनि हामी सरकारी गाडी र सरकारका संयन्त्रहरुमा विमती रहने गरी कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।  


  • Mr. Admin

थप