Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न

  •   ३ वर्ष अघि | १४ कार्तिक २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/नेकपा एमाले धनकुटाले नेपालीहरुको विभिन्न राष्ट्रिय पर्वहरुको अवसर पारेर मंगलवार शुभकामना आदन प्रदान कार्यक्रम  सम्पन्न गरेको छ । 

नेकपा एमालेका पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतित्थ्यमा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रममा सहभागी अतिथिहरुलाई जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले स्वागत गर्दै सम्वोधन गरेका थिए । 

कार्यक्रममा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उप–सचिव देवान राई,जलवर्षा राजवंशी, नेपाली कांग्रेस धनकुटाका अध्यक्ष दिनेश राई, सचिव विजय सन्तोषी राई, नेकपा मओवादी केन्द्रका धनकुटा जिल्ला संयोजक कुसुम कुमारी श्रेष्ठ, जसपाका धनकुटा सचिव डम्वर कटुवाल, राप्रपाका टिका घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा एमाले पालिका कमिटी अध्यक्षहरु, जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ताहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश माननिय निरन राई, जिल्ला समन्वय प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलको समेत उपस्थिति रहेको थियो ।

  • Dhankutapress

थप