Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

चार जिल्लाको भूतपूर्व सैनिकहरुको सम्मेलन धनकुटाको हिलेमा सम्पन्न

  •   ३ वर्ष अघि | ३ फाल्गुन २०८०, बिहिबार

धनकुटा प्रेस अनलाई्रन खवर सम्वाददाता 

धनकुटा/नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०८० अन्तर्गत धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा बसोबास गर्ने भूतपूर्व सैनिकहरुको सहभागितामा भूपू सैनिक सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

श्री नं २ बाहिनी अड्डा हिलेमा सम्पन्न सम्मेलनमा सहभागीलाई प्रविधिका माध्यमबाट लाईभ टेलिकास्टबाट सम्बोधन गर्दै प्रधानसेनापति पर्शुराम शर्माले देश र जनताका हितमा काम गरेकालाई राष्ट्रले सधैँ सम्मान गर्ने बताए । उनले सैनिक कल्याणकारी कोषको प्रयोग गर्दै दीर्घकालिन सेवा सुविधा विस्तार गर्दै लगिने बताए । प्रधानसेनापति शर्माले सैनिक कल्याणकारी कोष नियमावली २०६५ बमोजिम सञ्चालित सैनिक कल्याणकारी कोषले बहालवाला सैनिक, भूपू सैनिक, बीरगति प्राप्त सैनिकका परिवारलाई स्वास्थ्य सेवा निःशुल्क दिने बताए । 

त्यसैगरी विद्यालय तथा महाविद्यालय स्थापना गरी शिक्षा प्रदान गर्ने, आवास उपलब्ध लगायत विविध सेवा सुविधा प्रदान गर्दै आएको प्रधानसेनापति शर्माले बताए । उनले आगामी दिनमा दीर्घकालिन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिकहरुको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन प्रयत्नशील रहने समेत स्पष्ट पारे । 

कार्यक्रममा श्री नं २ बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी रामकाजी थापाले जेष्ठ भुपु सैनिक तथा एकल महिलालाई सम्मान, फरक क्षमता भएका तथा अशक्तलाई ह्विलचियर वितरण गरेका थिए ।  नेपाली सेनाका विभिन्न गणले लिम्बू जातिको केलाङ्ग नाच, तामाङ जातिकोे डम्फू सेलोमा नृत्य, नेवारको लाखे नाच, कम छैन मेरो देश गीतको बोलमा नृत्य र हुड्केली छलिया नृत्य प्रस्तुत गरेका थिए । उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई नगद सहित सम्मान गरिएको थियो । ह्विलचियर पाउनेहरुमा धनकुटा न.पा.–१० का जम्दार निर वहादुर वस्नेत, धनपा–१ का मन कुमार लिम्वू, छथारजोरपाटी–६ का प्यूठ निरवहादुर मगर र धनकुटा न.पा.–९ का सिपाही यज्ञ वहादुर आचार्य रहेका छन् । 

यस्तै सम्मेलनको अवसरमा सैनिक मेडिकल टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ । त्यसका साथै सो अवसरमा सैनिक निवृत्तिभरण पट्टा तथा परिचयपत्र पनि नविकरण गरिएको थियो ।  श्री नं २ बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी रामकाजी थापाले द्धिप प्रज्वलन गरि उद्धघाटन गरेको भूपू सैनिक सम्मेलनमा भोजपुरबाट १ सय, २१ जना, संखुवासभाबाट ७५ जना, तेह्रथुम जिल्लाबाट ४२ र धनकुटा जिल्लाबाट ३ सय ७७ गरि जम्मा ६ सय, १५ भूपू सैनिक तथा निजको परिवारजनको उपस्थिति रहेको थियो ।  



  • Dhankutapress

थप