Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

साँगुरीगढी गाउँपालिकाले आईएलजी प्रोफाईल तयार गर्ने

कोबो कलेक्ट मोवाईल एप्स मार्फत सूचना संकलन गरिदै

  •   ४ वर्ष अघि | २६ मंसिर २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

भेडेटार/साँगुरीगढी गाउँपालिकाले चालु आ.व.०७९÷०८० मा पालिकावासीको हरेक तथ्याङ्गकलाई चुस्तदुरुस्त राख्न हरेक घरधुरीमा मोवाईल एप्स मार्फत स्थानिय तह एकिकृत वस्तुगत विववरण (आईएलजी) प्रोफाईल तयार गर्ने भएको छ । 

साँगुरीगढी गाउँपालिकाले मंगलवार पालिका भरीका हरेक वडाका २÷२ जनाको दरले २० जना यूवाहरुलाई (आईएलजी) प्रोफाईल तयारीका लागि घरधुरी संकलन मोवाईल एप्स विकास गर्न तालिम दिएको जनाएको छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार ठाकुरले भने–‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहभागितामा सम्पुर्ण स्थानिय तहहरुमा तथ्याङ्गकमा एकरुपता कायम गर्ने गरी स्थानिय तह एकिकृत वस्तुगत बिबरण संकलन गर्न भनि परिपत्र आएको छ ।’ सोहि अनरुप विभिन्न सरकारी निकायहरुमा संचालित प्रणालीहरुमा अन्तरआवद्ध गर्न यो प्रणाली लागु गर्न लागिएको हो । उनले हरेक स्थानिय तहहरुमा अभिलेखहरु स्वत अध्यावधिक हुने गरी संचालनको व्यवस्था गर्न साँगुरीगढीमा एलआईजी प्रोफाईल प्रणाली लागु गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत ठाकुरले बताए ।

उनले स्थानिय तह अन्तर्गतका घरधुरी तहमा तथ्याङ्गक संकलन गर्ने प्रयोजनार्थ घरधुरी तथ्याङ्गक संकलन मोवाईल एप्स विकास गरिएको बताए । जुन प्रणालीको विकास गर्दा गाउ्रँनगर वस्तुस्थिती बिबरण तयारी कार्यविधि २०७४ को (पहिलो संसोधन–०७८) को आधारमा हुनेछ । एप्स मार्फत घरधुरी सर्वेक्षण गर्न घरघर आउने सर्वेक्षकहरुलाई सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह देखि लिएर रोजगारीको अवसर समेत जोडिने हुँदा सोधिएको प्रश्नको वस्तुपरक जवाफ दिन पालिकावासीहरुलाई ठाकुरले अनुरोध गरेका छन् । उनले सर्वेक्षकलाई उपलव्ध गराएको सूचना तथा जानकारी (तथ्याङ्गक) गाउँनगर वस्तु स्थिती विबरण तयारी कार्यविधि २०७४ को (पहिलो संसोधन–०७८) को प्रावधान तथा सूचनाका हक वमोजिमको गोपनियता कायम गरिने बताए । 

स्थानिय तह प्रोफाईलको लागि सूचना संकलन गर्न आउने सर्भेक्षकले मोवाईल एप्स मार्फत फारम भर्न एक घरधुरी वरावर १ हजार, ७० वटा प्रश्नावली तयारी गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले वताए । उनले साँगुरीगढी गाउँपालिकाको एकिकृत वस्तु स्थिती विबरण (आईएलजी) तयारी सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरेर २० जना सर्भेक्षकलाई गाउँ पठाउन लागेको वताए । ‘उनीहरुलाई मन्त्रालयले तयार पारेको कोबो कलेक्ट मोवाईल एप्स मार्फत १ महिना भित्रमा सम्पुर्ण सूचकहरुको आधारमा सूचना संकलन गर्न लगाईने छ’–अध्यक्ष रुम्दालीले भने । उनले साँगुरीगढी गाउँपालिकाले हालसम्म पालिका स्तरको प्रोफाईल तयारी नगरेकाले पनि पालिकाको हरेक विकास निर्माणको कामको लागि सूचक हेर्न (आईएलजी प्रोफाईल) को धेरै महत्व हुने दाबी गरे । 

गाउँपालिकाका प्रशासन शाखाका प्रशासकिय अधिकृत द्रोर्ण वहादुर राईले पहिलो पटक कार्यालयले अनुमानित ५ हजार घरधुरीमा गएर कोबो कलेक्ट मोवाईल एप्स मार्फत डाटा ईन्ट्री गर्न लागेको बताए । राईले एप्समा घरमुलीको व्याक्तिगत विबरण,स्थायी ठेगाना, परिवार सम्वन्धि सम्पुर्ण विबरण, जग्गा जमिन, विधुत्, खानेपानी, सिचाँई, शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण, प्रकोप, उधोग व्यवसाय लगायत गरि १ हजार, ७० वटा प्रश्नावलीको विबरण संकलन गरिने धनकुटा प्रेस डटकमलाई जानकारी दिए । 

    

  • Dhankutapress

थप