Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जेष्ठ नागरिक संघ धनकुटा–७ को छैठौं वार्षिक साधरणसभा सम्पन्न

फोनिज प्रदेश अध्यक्ष लामा सहित १० जनालाई सम्मान

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/जेष्ठ नागरिक संघ धनकुटाको छैठौं वार्षिक साधारण सभा आईतवार सम्पन्न भएको छ । 

सो अवसरमा जेष्ठ नागरिक संघ धनकुटा–७ विभिन्न क्षेत्रबाट सहयोग गर्ने साथै दिवा सेवा कार्यक्रममा उत्कृष्ठ सेवा पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला, माला, ढाका टोपी र प्रमाणपत्रले सम्मान गरिएको थियो । 

सम्मानित हुनेहरुमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का अध्यक्ष एवं ब्लाष्ट टाईम्स धनकुटाका सम्पर्क अधिकृत सन्तवीर लामा, नयाँ नेपाल विचार साप्ताहिक धनकुटाका कार्यकारी सम्पादक एवं समाजसेवी तिलक प्रसाद राई, धनकुटा–७ का पदमवहादुर राई, कमला डंगोल, गणेश श्रेष्ठ, शैलेश श्रेष्ठ, शुसिल कुमार प्रधान, बाटुली वस्नेत, सर्मिला राई र यज्ञ कुमारी दाहाल रहेका छन् । 

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुअ अतिथि चिन्तन तामाङ, जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठ, संघका नगर कमिटि अध्यक्ष पृथसिंह दाहाल, धनपा–७ जेष्ठ नागरिक संघका संस्थापक अध्यक्ष सुदर्शन घिमिरे, विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे,उपाध्यक्ष शंकर दाहाल, पुर्व नगर कमिटि अध्यक्ष टिका प्रसाद घिमिरे लगातयले सम्मान गरेका थिए । 

सो अवसरमा जेष्ठ नागरिक संघ धनकुटा–७ ले जेष्ठ नागरिकहरु जो प्रमाणपत्र लिन चाहन्छन्, उनीहरुलाई ‘जेष्ठ सदस्यको प्रमाणपत्र’ समेत वितरण गरेको थियो । । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न छैठौं बार्षिक साधरणसभामा संघ अध्यक्ष वुद्धिकान्त घिमिरेले संस्थागत, सचिव रामवहादुर श्रेष्ठले सांगठानिक र कोषाध्यक्ष हरिकुमार डंगोलले आर्थिक प्रतिवेदन प्रश्तुत् गरेका थिए । कार्यक्रमको संचालन संघका सचिव वडासदस्य रामवहादुर श्रेष्ठले संचालन गरेका थिए ।  

  • Dhankutapress

थप