Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटा नगरमा व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै गरिने

  •   ३ वर्ष अघि | १५ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो ।

    यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो । तर, अब व्यवसायसँग सम्बन्धी सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘व्यवसायीहरूलाई सजिलो बनाउँन हामीले वडालाई अधिकार प्रत्यायोजन गरेका छौं, व्यवसायसँग सम्बन्धी कामका लागि अब नगरपालिका आइरहनु पर्दैन, वडाबाटै सबै काम हुन्छ,’ नगर प्रमुख तामाङले भने, ‘यसले व्यवसायीहरूलाई निकै सहज हुनेछ ।’

    व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो । नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा–४ का वडाध्यक्ष जम्सेर छाराले जानकारी दिए । सेवा सुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ । 

    धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन् ।

  • Dhankutapress

थप