Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कोशी नाम खारेज संघर्ष समितिले १४ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/कोशी नाम खारेज गर्न गठित संघर्ष समितिले १ नम्वर प्रदेशको १४ वटै जिल्लामा पहिचानको आन्दोलनको विषयलाई लिएर प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । 

धनकुटा जिल्ला संघर्ष समितिले सोमवार पहिचानको आन्दोलनलाई प्रदेश १ मा कसरी अघि वढाउने भन्ने विषयमा आयोजना गरेको जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिईएको हो । आयोजित कार्यक्रममा कोशी नाम खारेज केन्दिय संघर्ष समितिका महासचिव रामभक्त कुरुङ्गवाङ्गले प्रदेश १ मा भईरहेको पहिचानको आन्दोलनको विषयमा सहजीकरण गर्दै यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रममा वोल्दै कोशी नाम खारेज केन्द्रिय संघर्ष समितिका महासचिव रामभक्त कुरुङ्गवाङ्गले संगठन, प्रशिक्षण र आन्दोलनसंगै आगामी फागुण १७ पछि संघर्ष समिति थप एक्सनमा जाने बताए । उनले खुवालुङ्ग, मुकुम्लुङ जस्ता यहाँका ऐतिहाशिक धरोहरमा सरकारले धार्मिक अतिक्रमण गरेको विरुद्ध पनि संघर्ष समितिले हस्तक्षेप गर्ने कार्यक्रम रहेको बताए । उनले भने–‘प्रदेश नं.१ मा रहेको जति पनि लोकमार्गहरुलाई ऐतिहाशिकताको आधारमा नामकरण गरेर घोषणा गर्ने कार्यक्रम समेत रहेको छ ।’ उनले पहिचानको आन्दोलन उत्कर्षमा पुगेको वेला ‘देश रोज्नेकी, प्रदेश रोज्ने र पहिचान रोज्नेकी पार्टी रोज्ने’ भन्ने अवस्थामा पुग्ने वताए । उनले त्यो वेलामा मात्र प्रदेवासीको दोहोरो भूमिका टुङ्गो लाग्ने ठोकुवा गरे । किराँत राई यायोखा केन्द्रिय उप-महासचिव अर्जुन जम्नेलीले पहिचानवादीहरुको आन्दोलनको कारण अहिलेको प्रदेश सरकार आत्तिएको वताए । जस्को कारण अहिलेको प्रदेश सरकारले पहिचानवादीहरुलाई वार्तामा बोलाएको बताए । राईले भने–‘प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा वोलाउनको लागि समिति वनाउनुले अर्थ राख्न सक्छ ।’ अन्तरक्रिया तथा छलफल पछि आगामी माघ–१४ गते धनकुटामा पहिचानवादीहरुको वृहत भेला, प्रदर्शन तथा प्रशिक्षणा कार्यक्रम हुने भएको छ । प्रदेश १ को अन्य १३ जिल्लामा भने माघ १३ गते नै वृहत प्रर्दशन तथा प्रशिक्षण कार्यक्रम हुने सचिव राईले बताए ।धनकुटा जिल्ला संघर्ष समितिको संयोजक संजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा किराँत राई यायोखाका जिल्ला अध्यक्ष उद्धवमणी राई, किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष कमलसिं तिगेला लिम्वू, जसपा तथा समाजवादी मोर्चा धनकुटाका अध्यक्ष पार्वती राई, संघीय लिम्वुवान राष्ट्रिय मञ्चका धनकुटा जिल्ला अध्यक्ष आषिश लिम्वू लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको सभाहलमा सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रदेश नं.१ मा चलिरहेको पहिचानको आन्दोलनको वारेमा विशेष छलफल भएको थियो । 

  • Dhankutapress

थप