Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा लिन आग्रह

  •   ४ वर्ष अघि | १३ मंसिर २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाण्डौं/नेपाल पत्रकार महासघ र प्रेश काउन्सिल नेपालले पत्रकार गजेन्द्र राई विरुद्ध साईवर मुद्धा नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरित भएको भन्दै प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र पर्ने भएकोले काउन्सिललाई मुद्धा हेरिदिन मंगलबार आग्रह गरिएको छ ।

सरकारी वकिलको कार्यलय बबरमहल पुगेर सहन्यायधिवक्ता अच्यूचकृण न्यौपानेलाई भेटी काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य दिपक पाण्डे, नेपाल पत्रकार महासघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतले सो आग्रह गरेका हुन् ।

उनीहरुले पत्रकार राईको मिडिया आधिकारिक रुपमा प्रेस काउन्सिलमा दर्ता भएर सञ्चालनमा रहेको तथ्य राख्दै आधिकारिक ढंगबाट सञ्चालित मिडियामा आएको सामाग्रीलाई लिएर प्रहरीले कारबाही अघि बढाउनु उचित नभएको बताए ।

मिडियामा आएको कन्टेन्टको विषयमा चित्त नबुझेमा त्यस विरुद्धको समाधान खोज्ने बाटो प्रेस काउन्सिलको भएको उनीहरुको भनाई छ । भेटमा कासिल अध्यक्ष बस्नेतले भने, ‘काउन्सिलले गरेको कारबाही चित्त नबुझे अदालती प्रक्रियामा जाने वा अन्य निकायमा जाने बाटो खुला छ । तर यस्तो कानुनी व्यवस्था विपरित साईबर क्राईम अन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई तर्साउन खोजिराखिएको छ, यस्तो हुनु राम्रो हैन ।’

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पछिल्लो पटक साईबर क्राइम अन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई श्रृङ्लावद्ध पक्राउ गर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसले देशको लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतामाथि नै आघात पुग्ने बताए ।

बस्नेतले काउन्सिलले उचित कारबाही गरेपछि गल्ति गर्ने पत्रकारहरु स्वयंम पेशाबाट अलग्गिनु परेको तथ्यसमेत रहेको बताउँदै प्रहरीले जुनसुकै विषयलाई पनि साईवर क्राइम अन्तर्गत अघि बढाउनु उचित नभएको बताए । महासंघका महासचिव रोशन पुरीले पत्रकार राईको विषयमा प्रहरी संगठन भित्रैका एक अधिकृतको व्यक्तिगत रीसइवि पनि जोडिएको जानकारीमा आएको उल्लेख गर्दै एक जना व्यक्तिको कारण सिंगो संगठनलाई बद्नाम गराउनेगरी प्रहरी लाग्न नहुने बताए ।

काउन्सिल सदस्य पाण्डेले काउन्सिलले उचित कार्वाही गरेपछि गल्ति गर्ने पत्रकारहरु स्वयं पेशाबाट अलग्गिनु परेको तथ्यसमेत रहेको बताउँदै प्रहरीले काउन्सिलको क्षेत्राधिकार भित्र पर्ने विषयलाई साईवर क्राइम अन्तर्गत अघि बढाउनु उचित नभएको बताए । पत्रकारका नेतृत्वदायी संस्थाहरुलाई जवाफ दिँदै सहन्यायधिवक्ता न्यौपानेले यसको सम्पूर्ण विवरण आफू मातहत आएपछि मात्र केहि भन्न सकिने बताए ।

पत्रकार राईलाई आफैंले सञ्चालन गरेको अनलाईन पत्रिकामा प्रकाशित भएको समाचार र भिडियोकोे विषयलाई लिएर शनिबार प्रहरीको साईबर व्यूरोले गाइघाटबाट पक्राउ गरी काठमाण्डौ पु¥याएको छ । हाल उनलाई साईबर व्यूरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ । पत्रकार राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) किराँत राई पत्रकार संघ लगायतले विज्ञप्ति जारी गरेका छन् ।

  • Dhankutapress

थप