Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

धनकुटाका रविनको मृत्यु खबरले परिवारमा रुवाबासी

  •   २ महिना अघि | २९ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/ वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा कार्यरत रहेका धनकुटा–७ टोड्के घर भएका रविन विश्वकर्माको आईतवार साँझ ९ वजे दुर्घटनामा परि मृत्यु भएको छ । 

एघार वर्ष अघि मलेशिया पुगेका वर्ष ३४ का रविन विश्वकर्माको दुर्घटनामा परि मृत्यु भएको खवरले यता परिवारमा भने रुवावासी छाएको छ । गहभरी आँशु पार्दै रविनका आमा अम्विका विश्वकर्माले भनिन्–‘आफ्नो छोरा घर नआएको धेरै भएपनि एक दिन पक्कै आउँछ भन्ने आशा थियो, तर मृत्युको खबरले संसारै अध्याँरो भयो ।’ उनले थपिन–‘पछिल्लो पुष महिनामा एक पटक छोरासंग सम्पर्क भएको थियो, अव यो खवरले मेरो छोरा सदाको लागि अस्ताएर गयो ।

मलेशियाबाट रविनका सानिमाको छोरा प्रेम विश्वकर्माले दिएको जानकारीनुसार उनी मलेशियाको सिलिङ्गन सालाम सन्तोषा भन्ने ठाउँमा एस्टिनो कलर स्टिल कम्पनीमा काम गर्थे । आईतवार दिनभर पनि रविनले एक जना साथीसंग माछा मारेका थिए । साँझ ९ वजे त्यहि साथीलाई आफू बसेको ठाउँबाट मोटर साईकलबाट पु¥याउने क्रममा उनी दुर्घटनामा परेका थिए । दुवै जनाले मिलेर माछा मारेर ५० रुपयाँ विक्रि समेत गरेका र उक्त पैसाले मादक पदार्थ किनेर खाएको हुन सक्ने अनुमान प्रेमको छ । 

रविन मलेशियाको सिलिङ्गन सालाम सन्तोषामा कम्पनि नजिकै वस्दै आएका थिए । रविन वसेको ठाउँ देखि साथीको डेरा १५ मिनेटको दुरीमा थियो । साथीलाई पु¥याउन जाँदा तेल बोक्ने ट्याङ्गकरले हानेर उनीहरु दुवै जना गम्भिर घाईते भएको प्रेमले बताए । उनीहरुलाई उपचारको लागि अस्पताल लाँदै गर्दा वाटैमा मृत्यु भएको थियो । उनीसंगै वसेका साथीको पनि मृत्यु भएको वताइएको छ । तर, उनको वतन भने प्रेमलाई थाहा नभएको वताए ।  

रविनको घरमा वर्ष १५ को जेठा छोरा रोशन, वर्ष ११ को कान्छा छोरा राहुल, वर्ष ५४ की आमा अम्विका र वर्ष ३५ की श्रीमती कल्पना रहेका छन् । जेठो छोरा रोशन त्रिवेण मावि धनकुटामा कक्षा–१० मा पढ्छन् भने कान्छा छोरा राहुल  कक्षा–४ मा पढ्दै छन् । श्रीमान रविन ११ वर्ष पहिले मलेशिया जाँदा कान्छा छोरा १ महिनाको गर्भमा रहेको श्रीमती कल्पनाले बताईन । 

उनले भनिन्–’एघार वर्ष पहिले श्रीमान मलेशिया गएको पहिलो महिनामै ९५ हजार रुपयाँ पठाएपछि अहिलेसम्म एक रुपयाँ पनि पठाएन्न ।’ ‘फोनमा पनि कहिले काँही मात्र कुराकानी हुने गरेको थियो । लेवरकाम गरेर २ भाई छोरालाई पढाई राखेको थिए श्रीमान आउँछन् भन्ने आशा थियो मृत्युको खवरले मलाई जिउँदै मरेतुल्य बनायो’–कल्पनाले भनिन् । 

कमाउन गएको श्रीमान ११ वर्षसम्म त घर आएन, पैसा पनि पठाएन, आउँछ कि भन्ने श्रीमती र परिवारलाई आश थियो तर, सासै गएको खवरले विश्वकर्मा परिवारलाई पिडा थपि दिएको छ । रविनका जेठा दाजु मेखवहादुरले भाइ रविनसंग पछिल्लो पुष महिनामा फोन सम्पर्क भएको वताए । त्यसपछि सम्पर्क भएको थिएन, भाईले भन्दै थियो म चाँडै आउँछु तर, खवर यस्तो आउँदा परिवार नै विचल्नीमा पर्ने भयौं । 


  • Dhankutapress

थप