धनकुटा प्रेस अनलाईनखवर सम्वाददाता
धनकुटा/नेपाली सेनाको भीमदल गण धनकुटाले २६१ औं स्थापना दिवसको अवसर पारेर धनकुटा न.पा.–९ मुलघाटमा स्थित् वृद्धाआश्रममा रहेको वृद्धवृद्धालाई खाद्यन्न तथा मण्डी वितरण गरेको छ ।
भीमदल गण सल्लेरी धनकुटाको आयोजना र लेडिज जेसिज धनकुटाको सह–आयोजनामा मुघाटमा स्थित् विश्रान्ति मन्दिरमा रहेका जेष्ठ नागरिक एवं वृद्धवृदालाई खाद्यन्न तथा मण्डी वितरण गरिएको गणपति सुमन थापाले वताए ।
खाद्यन्न तथा मण्डी वितरण श्री नं.२ वाहिनी अड्डा हिलेका सहायक रथी रामकाजी थापाको प्रमुख आतिथ्यमा वितरण गरिएको थियो । त्यसैगरी विशेष अतिथि प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, सशस्त्र प्रहरी बल धनकुटाका डिएस्पी सुदन प्रसाद भारती, राष्ट्रिय अनुशन्धानका प्रमुख रुद्र गुर्वछाने, धनकुटा लेडी जेसिजका अध्यक्ष मुना पोख्रेल लगायतले मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शंकर दाहाल, महासचिव जनार्दन घिमिरेलाई वितरण गरेका थिए ।
खाद्यन्न तथा मण्डी वितरण कार्यक्रमलाई सम्वोधन गर्दै श्री नं.२ वाहिनी अड्डा हिलेका सहायक रथी रामकाजी थापाले नेपाली सेना देश जनताको हितमा काम गर्ने संस्था भएको वताए । उनले विशेष गरेर नेपाली सेनाले देशको विभिन्न स्थानमा स्थानिय जनताको आवश्याक्तालाई मध्यनजर राखेर सहयोग गर्दै आएको बताए । आगामी दिनमा पनि नेपाली सेनाले सामाजिक लोक कल्याणकारी जनहितकारी कार्यक्रमहरुमा सक्रियतापूर्वक काम गर्ने प्रतिवद्धता सहायक रथी थापाले जनाएका छन् ।
- Dhankutapress