Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

६ महिनामा ५७ मानव अधिकार उल्लंघन घटनामा ५८ पिडित

लागु औषध दुव्र्यसनीको संख्या धनकुटामा वढेको भन्दै सरोकावालाहरुको गम्भिर चासो

  •   ३ वर्ष अघि | १४ असार २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटा जिल्लामा छ महिनाको अवधीमा ५७ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले बिहिबार सन् २०२३ को जनवरी १ देखि हालसम्म जिल्लामा ५७ वटा मानव अधिकार उल्लंघनका घटनामा ५८ जना पिडित भएको तथ्यांक सार्वजनिक गरेको हो । जसमा २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्र्यवहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना, ३ बालिका सहित ७ जना बलात्कृत, बाल यौन दुव्र्यवहार २ जना, घरेलु हिंसा ४० जना, सार्वजनिक सेवाबाट बञ्चित १ जना, तलब नपाएको १ जना गरि ५८ जना पीडित भएको अभिलेख गरिएको छ । 

सन २०२२ भरिमा ७५ जना पीडित भएकोमा अहिले छ महिनाको अबधिमा ५८ जना पीडित भएको इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले बताए ।  इन्सेक धनकुटाले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा गरेको जिल्ला प्रतिनिधी थापाले जानकारी दिए ।

पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, शसस्त्र प्रहरी बल नं. ६ गुल्म धनकुटाका प्रमुख डिएसपी दिपक बलामी मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल, गैरसरकारी संस्था महासंघ धनकुटा अध्यक्ष मिनप्रसाद सुवेदीले सबै पक्ष गम्भिर बनेमा मात्र मानव अधिकार संरक्षण हुने वताए । 

उनीहरुले पछिल्लो समयमा लागु औषध दुव्र्यासनीको संख्या दिन प्रतिदिन धनकुटामा वढ्दै गएको प्रति गम्भिर चासो देखाएका छन् । लागु औषध ओसार, पोसार तथा सेवनलाई नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यान जानु पर्नेमा सहभागीहरुले जोड दिए ।

  • Dhankutapress

थप