Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

संस्कारयुक्त नागरिक निर्माणमा राष्ट्रिय सेवा दल अगाडिः महानिर्देशक कार्की

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

याङ्गसिला मोरङ्ग /नेपाली सेना राष्ट्रको रक्षकमात्र नभई योग्य अनुशासित दक्ष र इमान्दारी नागरिक निर्माण गर्ने संस्था भएको कुरा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले बताएका छन् । 

शुक्रबार सिसन ४९ जुनियर डिभिजन तालिमको पहिलो चरणको दीक्षान्त समारोहमा प्रमुख अतिथि महानिर्देशक कार्कीले नेपालको उच्च प्राथमिकता परेको यस संस्थाको मुख्य लक्ष्य युवाहरुलाई अनुशासित, नेतृत्ववान, राष्ट्रप्रति समर्पित, राज्यका संस्थाहरुप्रति कमाण्ड गर्ने एक संस्कारयुक्त नागरिक बनाउने रहेको बताए । सैनिक पोसाकमा रहेर नेपालको भौगोलिक, सांस्कृतिक जातजातिको उच्च सम्मान गरेर कुशल नागरिक र राष्ट्र निर्माणमा राष्ट्रिय सेवा दल सदैव बफादार रहने बताए । 

महानिर्देशक कार्कीले ११ वटा जिल्लाको १५ वटा विद्यालयका ५३४ जना क्याडेट छात्रछात्रालाई दर्जानी चिन्ह र विद्यालयलाई सहभागि प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा धुलाबारी मावि झापाका सोनु खड्काले निर्वाह गरेकी थिइन भने अरुण मावि भोजपुरका मनिता राई र मनिककुमार दर्जी, जनता नमुना मावि सिराहाका खुशी श्रेष्ठ, गरिमा तामाङ यसरी नै इडन गार्डेन झापाका मारिया तामाङले मार्च पास गरेका थिए । 

यसरी नै तमोर भ्याली सेकेन्डरी धनकुटाको दिव्य लिम्बू, शंकर गुदर मावि रौतहटको किन्जल कुमारी शाह, भूपू सैनिक अंग्रेजी मोरङकी रोजिका सुब्बा, लिटल बुद्ध ताप्लेजुङका रोजिका लिम्बू, शौभाग्य लिम्बू, सविता शेर्पा, दर्शनीया रामेश्वर एकेडेमी धनुषाका कृपा यादव, धुलाबारी मावि झापाका रचना साउदेन, कालिका मावि सिन्धुलीका सन्दिप बजु, निर्मला थिङ, शिशु कल्याण सप्तरीका सञ्जीव कुमार शाह, प्रजिता एकाडेमी झापाका सुगारिका दहाल, बालसंसार एकाडेमी धनकुटाका कन्चन राई, बाल संसार एकाडेमी धनकुटाका नोबेल कट्टेल, सरस्वती मावि तेह्रथुमका आकृति श्रेष्ठ र स्वस्तिका शिशु सदन झापाकी भूमिका चौधरीले कमाण्ड गरेकी थिइन् । 

कमाण्डरहरुलाई दर्जानी चिन्ह प्रदान गरिएको थियो । सहभागि ५३४ जना क्याडेटहरुलाई याङशिलाका प्रमुख कर्णेल राजकुमार बस्नेतले सपथ खुवाएका थिए । यो वर्षको उत्कृष्ट क्याडेट धुलाबारीका सोनु खड्का भएकी थिइन् । 

दीक्षान्त समारोहमा सहभागिका अभिभावक चन्द्र राना लाफाले सेनाले जनताका छोराछोरीलाई अनुशासनमा ल्याएकै कारण नेपालप्रति हाम्रा सन्ततीहरु अग्रसर भएको प्रतिक्रिया दिए । दीक्षान्तमा राष्ट्रभक्तिका गीतमा क्याडेटहरुले कवज, एरविक, खुकुरी ड्रिल, तेक्वान्दो प्रदर्शन गरेका थिए ।

  • Dhankutapress

थप