Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा प्रत्येक महिना कोशी प्रदेश सरकारको क्याविनेटको बैठक बस्ने

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यलयमा हरेक महिनाको एक पटक मन्त्रिपरिषदको बैठक राख्ने भएका छन् । 

नेपाली कांग्रेस धनकुटाले मंगलवार मुख्य मन्त्री कार्कीसंग धनकुटाको विकास र समृद्धिको लागि राखेको मागहरु ग्रहण गर्दै कम्तीमा प्रत्येक महिनाको एक पटक प्रदेश मन्त्री परिषदको वैठक धनकुटामा राख्ने प्रतिवद्धा व्यक्त गरेका हुन् । उनले धनकुटाको विकास र समृद्धीका लागी आफु सधै सकरात्मक रहेको बताएका छन् । 

  माग पत्र पेश गर्ने कार्यक्रममा प्रदेश संघिय यूवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु, कोशी प्रदेशका अन्य मन्त्रीहरु, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे लगायतको उपस्थितिमा मुख्य मन्त्री कार्कीले यस्तो वताएका हुन् । माग पत्र पेश गर्न नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, पाख्रिवास नगरपालिकाका मेयर, ज्ञान वहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र  रुम्दाली राई, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले मुख्य मन्त्री कार्कीलाई बुझाएको धनकुटा कांग्रेसको माग पत्रममा कोशी प्रदेशको प्रत्येक बख्रे अधिवेशन धनकुटामा गर्नु पर्ने उल्लेख छ । साथै, धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यलयलाई साधन स्रोत र जनशक्तियुक्त बनाई मन्त्री परिषदको बैठक धनकुटामा संचालन गर्नु पर्नेमा जोड दिइएको छ। त्यसको साथै धनकुटा अस्पताललाई स्तरउन्नति गरी एक सय बेडको बनाई विशेषज्ञ सेवा संचालन गर्न माग गरिएको छ । 

यता धनकुटाको बेलहारा डाँडामा एयरपोर्टको लागि डिपिआर समेत भैसकेकोले तत्काल एयरपोर्ट निर्माणको प्रक्रिया अघि वढाउनु पर्ने, धनकुटाको विश्रान्ती मन्दिर, धनकुटामा एक सय फिटको शिवको मूर्ति र धनकुटाको स्कुलडाँडा भोटेचौतारामा एक सय फिटको भगवान बुद्धको मूर्ति निर्माणका लागी बजेटको व्यवस्था गर्नु पर्ने लगायतको योजनाहरुको लागि बजेट बिनियोजन गर्नु पर्ने माग गरिएको नेपाली काँग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

     यसैगरी पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग,महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पनि विभिन्न योजनाहरुको लागी बजेट बिनियोजन गरिदिन माग पत्र बुझाएको सचिव राईले बताएका छन् । त्यसैगरी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राइ र छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले पनि विभिन्न योेजनाहरुको लागि रकम बिनियोजन गरी दिन मुख्य मन्त्री कार्की समक्ष माग पत्र बुझाए ।

  • Dhankutapress

थप