Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कोशी प्रदेश भित्र किराँत सभ्यतालाई सम्वोधन हुन्छ–एमाले महासचिव पोख्रेल

  •   ४ वर्ष अघि | १७ बैशाख २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कोशी प्रदेश भित्र रहेको किराँत सभ्यतालाई प्रदेश सरकारले सम्वोधन गर्ने बताएका छन् । 

नेकपा एमाले कोशी प्रदेश कमिटिले धनकुटाको नाम्जेमा आयोजना गरेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानको कोशी प्रदेश स्तरिय २ दिने समिक्षा वैठक समापन कार्यक्रममा पत्रकारहरुसंग वोल्दै महासचिव पोख्रेलले आइतवार यस्तो बताएका हुन् । 

१ नम्वर प्रदेशको नाम प्रदेश सरकारले ठूलो दलको शिर्ष नेताहरुको सरसल्लाह र सहमतीमा साझा नाम ‘कोशी’ राखीएको महासचिव पोख्रेलले जिकिर गरे । उनले भने-‘कोशी प्रदेश नामकरण त्यसै टुङ्गो लागेको हैन, प्रदेशसभामा निर्वाचित २ तिहाई जनप्रतिनिधिहरुले नाम टुङ्गो लगाएको हो ।’ उनले भने-‘अब यो परिवर्तन गर्न सम्भव छैन ।’ पोख्रेलले यस ठाउँका जातजातिको भाषिक, साँस्कृतिक र ऐतिहाशिकतालाई कोशी प्रदेशसंग जोडेर स्थापित हुने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउँने बताए ।

साविकको १ नम्वर प्रदेशवासीले ऐतिहाशिक पृष्ठभूमी र पहिचानको आधारमा प्रदेशको नाम राख्नु पर्छ भनेर आन्दोलन गरिरहेका छन्नी भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा पाख्रेलले भने–‘कोशी भनेको किराँतहरुको ऐतिहाशिक थलो हो ।’ उनले भने-‘खुवालुङ किराँत सभ्यताको प्रतिक भएको र त्यो कोशी नदी भित्र रहेको छ ।’ अब प्रदेश सरकारले यस क्षेत्रको भाषिक, साँस्कृतिक र ऐतिहाशिकतालाई सम्वोधन गर्ने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने नै छ र अहिलेको द्धन्द्ध समाधन हुनेमा आफू ढुक्क रहेको पोख्रेलले बताए ।  

सो कार्यक्रममा वोल्दै पोख्रेलले नेकपा एमालेको विग्रिएको संगठनात्मक चरणहरुलाई सुधार्नको लागि मिसन ग्रास रुट कार्यक्रम संचालन गरिएको स्पष्ट पारे । उनले ०६२/०६३ को जनआन्दोलन पछि नेकपा एमालेका नेताहरुले राजनीतिक क्रान्ति समाप्त भएको घोषणा गर्नु गल्ती भएको औल्याए । राजनीतिक परिवर्तन समाज परिवर्तनको माध्याम भए पनि ०६२/०६३ को जनआन्दोलन पछि कुनै पनि वर्गलाई सत्तामा पु¥याउन नसकेको उनको टिप्पणी थियो । चुनाव भनेको वर्ग संघर्षको मोर्चा हो, यसमा नेकपा एमाले चुकेको वताए । जस्ले गर्दा चुनावी परिणाम आगामी ४ वर्ष पछि राम्रो ल्याउनको लागि देशव्यापी रुपमा मिसन ग्रास रुट कार्यक्रम संचालन गरिएको पोख्रेलले स्पष्ट पारे । 

वैठक पछि नेकपा एमालेको प्रदेश अन्तर्गतका १४ वटै जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली माथि पहिचानवादीहरुले सांघातिक आक्रमणको प्रयास गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले वैसाख १३ गते एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीलाई झापाको वुद्धशान्ति गाउँपालिकाको वुधवारे, इलाम, पाँचथर र तेह्रथुमको आठराईमा आयोजित विभिन्न कार्यक्रममा सम्वोधन गर्न जाँदा ढुङ्गामुडा गरेको भन्दै घट्नाको निन्दा गरेका छन् । 

उनीहरुले भनेका छन्‘अपराधिक कृयाकलाप गर्ने जोकसैलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र साम्प्रदायिक अतिवादी जातिय सदभाव् भड्काउन नदिन वर्तमान सरकारलाई जोडदार माग गर्दछौं ।’ विज्ञप्तमिा प्रदेश नं.१ का १४ वटै जिल्लाका एमाले अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।  


  • Dhankutapress

थप