Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा फागुण २९ देखि चैत्र ३ सम्म दादुरा रुबेला विरुद्ध खोप जसरी भएपनि लगाउने

  •   ३ वर्ष अघि | २३ फाल्गुन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा जिल्लामा आगामी फागुण २९ गते देखि चैत्र तिन गतेसम्म दादुरा रुवेला विरुद्ध खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले सोमवार सरोकारवालाहरुलाई एकै थलामो भेला पारेर आयोजना गरेको जानकारीमूलक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख योगराज घिमिरेले दादुरा रुवेला रोग विरुद्धको राष्ट्रिय खोप कार्यक्रमको वारेमा सहभागीरुलाई जानकारी गराएका थिए । 

उनले धनकुटा जिल्लाको सात पालिकामा ३ सय १५ वटा खोप केन्द्रमा दादुरा रुवेला विरुद्ध आगामी फागुण २९ गते देखि चैत्र ३ गतेसम्म खोप लगाउने तयारी भैरहेको जानकारी दिए । नौ महिना देखि ५ वर्ष मुनीका वालवालिकाहरुलाई खोप लगाईने छ । जिल्लामा ८ हजार ८ सय, ६७ वालवालिकाहरुलाई दादुरा रुवेला विरुद्ध खोप लगाउने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले लिएको छ । 

जस अन्तर्गत धनकुटा नगरपालिकामा २ हजार, १ सय २०, पाख्रीवासमा १ हजार, ५७, महालक्ष्मी न.पा.मा १ हजार, २ सय, २८, छथरजोरपाटी गाउँपालिकामा ९ सय, ५७, सहिदभूमिमा १ हजार, १ सय, ५९, साँगुरीगढीमा १ हजार, ५५ र चौविसे गाउँपालिकामा १ हजार, ९१ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । खोप लगाउनको लागि ३ सय १५ वटा केन्द्रमा ६ सय ३० जना स्वास्थ्य स्वयमसेवक परिचालन गरिने तयारी भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख योगराज घिमिरेले वताए । उनले खोप अभियानलाई सफल पार्न सहभाागी जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार, सुरक्षा निकाय सवै–सवैलाई आग्रह गरेका छन् । 

जिल्ला समन्वय प्रमुख एवं जिल्ला स्वास्थ्य समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख सावित्रा राई, धनुटा नगरपालिकाका उप–प्रमुख भिमा खनाल, प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

  • Dhankutapress

थप