धनकुटा प्रेस सम्वाददाता
धनकुटा/भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले देशको शिर उच्च राख्न राष्ट्रसेवक कर्मचारीहरुले इमान्दारीपुर्वक काम गर्न निर्देशन दिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति धनकुटाले आयोजना गरेको बधाई तथा शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री राईले सहभागी कर्मचारीहरुलाई सनिवार यस्तो निर्देशन दिएका हुन् ।
मुलुक अहिले आर्थिक रुपमा संकटमा रहेको वताउँदै मन्त्री राईले भने–‘यस्तो अवस्थामा राष्ट्रसेवक कर्मचारीहरुले देश जनताको लागि योगदान गर्नु पर्छ ।’ देशको वजेट ७० खर्व घाटामा रहेको छ भन्दै मन्त्री राईले भने–‘मुलुकको अर्थतन्त्र ध्वस्त भएको छ, व्यालेन्समा ल्याउनको लागि अहिलको सरकारले प्रयास गर्छ, यस्मा राष्ट्रसेवक कर्मचारहरुले गम्भिर भएर लाग्नु जरुरी छ ।’
मन्त्री राईले भने–‘आर्थिक समृद्धि र विकासको लक्ष्य राखेर निर्माण भएको वर्तमान सहभागिता मुलक सरकारको काम कार्वाहीलाई सफल पर्नको लागि राष्ट्रसेवक कर्मचारहरुको मुख्य जिम्ेमवारी रहनु पर्छ ।’ हिजो भन्दा व्यववस्थित् ढंगले काम गर्न निर्देशन दिदै मन्त्री राईले थपे–‘सम्पुर्ण राष्ट्रसेवक कर्मचारी एक भएर अघि वढ्नुहोस, काम धेरै गरौं, कुरा थोरै गरौं ।’ कर्मचारी संयन्त्रले राम्रो काम ग¥यो गरेन भन्ने कुरा लोकले देख्छ, भगवानले पनि देख्छन् अनि हामी राजनीतिककर्मीले पनि देख्छौं र त्यसो भयो भने जनताले स्वःत देख्ने मन्त्री राईको भनाई थियो ।
मुलुक नयाँ शासन व्यवस्थामा गएको ५ वर्ष भन्दा वढी भै सक्दा पनि निजामती कर्मचारीहरुको लागि संघिय कानुन् नबनी रहेको अवस्थामा अहिलेको सरकारको त्यस तर्फ ध्यान जाने मन्त्री राईले बताए । उनले भने–‘तपाईहरु ढुक्क हुनुहोस स्थानिय, प्रदेश र संघ गरी तिनै तहको संघिय कानुन् चाँडै आउने छ ।’
त्यसैगरी नेकपा एमाले धनकुटाका अध्यक्ष एवं प्रदेस सभा सदस्य इन्द्रमणी पराजुलीले धनकुटाले केन्द्रिय सरकराको प्रतिनिधित्व पाउनु धनकुटावासी जनताको लागि गौरवको विषय भएको दावी गरे । पराजुलीले भने–‘सरकारमा भएको नाताले पहुँचको आधारमा धनकुटामा धेरै काम गर्न सकिन्छ, जस्का लागि राष्ट्रसेवक कर्मचारीको साथ र सहयोग चाहिन्छ।’
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज गोविन्द खत्रीले राष्ट्रसेवक कर्मचारीलाई आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा कालो मोसो दलेर हतोत्साही पर्ने काम भएको भन्दै घ्ना प्रति मन्त्रीको ध्यान आकर्षण गराएका छन् । खत्रीले भने–‘कार्यालय प्रमुखबाटै कमी कम्जोरी भएको हो भने कार्वाहीको दायरा ल्याउनु पर्छ, अन्यथा पेशा प्रति जिम्मेवार भएर काम गर्ने कर्मचारीलाई आफ्नो नैतिकता नै गिर्ने गरी नामै नसुनेको पार्टीको नाममा अभद्र व्यवहार गर्न पाइन्दैन ।’
संगठनका प्रदेश सदस्य एवं धनकुटाका सल्लाहकार जयराम श्रेष्ठले भूमि व्यवस्था, सहकारी सम्वन्धी असरल्ल समश्या रहेको भन्दै मन्त्री राईलाई सुझाए । श्रेष्ठले भने–सहकारी संघ संस्थाका संचालकहरु पैसा उठाउँदै भाग्दै गरिरहेका छन्, नियमनकारी निकाय फितलो भयो, भन्दै कार्यालय स्थापना गर्नु पर्छ भन्दै मन्त्री राईलाई आग्रह गरे ।
राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि.का धनकुटा अध्यक्ष ललित वि.क.ले नेपालमा गरिवीको रेखा मूनि रहेको १८.४ प्रतिसत र धनकुटाको हकमा १४.२ प्रतिसत गरिवी घटाउन विशेष खाल्को कार्यक्रम ल्याउनु पर्ने भन्दै मन्त्री राईलाई आग्रह गरे । उनले देशमा ३५ हजार सहकारी रहेको र उक्त सहकारीमा ८७ हजार सहकारीकर्मी आवद्ध रहेको सहकारीलाई व्यवस्थित् गरेर आर्थिक समृद्धि मार्फत गरिवी घटाउन टेवा पुग्ने धारणा राखे ।
नेपाल निजामती कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न वधाइ तथा शुभकामना आदन प्रदान कार्यक्रममा संगठनको तर्फबाट माननिय मन्त्री राजेन्द्र कुमार राई, प्रदेस सभा सदस्य इन्द्रमणी पराजुली र निरन राईलाई खदा ओडाएर सम्मान पत्रले सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न संघसगठनको तर्फबाट पनि सम्मान गरिएको थियो ।
अन्य तस्विरहरु :
सम्मान पत्र प्रदान गर्दै नेपाल निजामती कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदी ।


- Dhankutapress