Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कानून, न्याय तथा मानव अधिकार समितिले धनकुटाको अनुगमन गर्यो

  •   ३ वर्ष अघि | १४ चैत्र २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर समवाददाता 

धनकुटा/प्रतिनिधिसभाको कानून्, न्याय तथा मानव अधिकार समितिले जिल्ला कारगार धनकुटाको वुधवार साँझ स्थलगत अनुगमन गरेको छ ।  

प्रतिनिधिसभाको कानून्, न्याय तथा मानव अधिकार समितिको स्थलगत अनुगमन समितिले जिल्ला कारगार धनकुाटको भौतिक अवस्था र सेवासुविधाको वारेमा प्रत्यक्ष रुपमा कैदीवन्दीहरुसंग भेटि अनुगमन गरेको हो । अनुगमन समितिका सदस्य एवं प्रतिनिधिसभा सदस्य सुशिला थिङ तामाङकानुसार देशभरको कारगार र बाल सुधारगृहको सुधारको लागि अनुगमन गर्न टोली आएको हो । 

उनले स्थलगत अनुमन टोली प्रदेश नं.१ को धनकुटा, सुनसरी र मोरङ्ग जिल्लाको अनुगमन गर्ने वताए । अनुगमनको क्रममा सवै भन्दा पहिले धनकुटाका आईपुगेको थिङ्गले वताईन । उनले अनुगमनको क्रममा कारगारको अवस्था, कैदीवन्दीको अवस्था आदीको वारेमा के कस्तो छ भनेर स्थलगत रुपमा जानकारी लिइने बताईन । अनुगमन टोलीमा प्रतिनिधिसभा सदस्य जीवन परियार, पून्य वहादुर शाहा, रञ्जुकुमारी झा, रामकुमार राई, सुशिला थिङ, समितिका शाखा अधिकृत मान वहादुर डंगोलको सहभागितारहेको थियो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका एस्पी श्यामसिं थारुको उपस्थिति रहेको थियो ।

कारगारका निमिक्त कार्यालय प्रमुख हेमराज भण्डारीकानुसार जिल्ला कारगारको २ वटा पक्कि भवन रहेको छ । जस्मा १५ जनाको क्षमता भएको महिला कैदी वन्दीको लागि २ वटा कोठा रहेको छ । जिल्ला कारगारमा पुरुष कैदी वन्दी १ सय जना रहेको छ  । उनले कैदी वन्दीको लागि दैनिक ८० रुपयाँ र ७ सय ग्राम चामल जनही दिने गरेको वताए । कारगारमा विभिन्न घट्नामा दोशी ठहरियाका अभियुक्तहरुमा जवर्जस्ती करणीमा ४२ जना, लागु औषधमा २० जना, कर्तव्य ज्यान सम्वन्धी मुद्धामा २२ जना लगायतको गरी ५ जना महिला सहित जम्मा १ सय ५ जना केदी वन्दीहरु कैद भुक्तान गरिरहेको छन् ।  

  • Dhankutapress

थप