Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाबाट अपहरण,शरिर बन्धक र जबर्जस्ती करणी कसुरमा दुई जना पक्राउ

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा अपहरण,शरीर बन्धक र जबर्जस्ती करणी कसुरमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ३ गढीगाउंका १९ बर्षिया सनिश याख्खा र मोरङको उर्लाबारी नगरपालिका ५ सूर्य चोक बस्ने १९ बर्षिया प्रतीक विक रहेका छन् ।

आज बिहान करिब ४ बजे एक जना स्थानीय र एक जना उर्लाबारी मोरङ ठेगाना भएका गरी जम्मा दुई जना १४/१४ वर्षीया नाबालिकाहरूलाई ललाइफकाइ गरी भगाई ल्याई याख्खाको घरमा विगत ३ दिनदेखि राखिरहेको भन्ने सुचना पाएपछि प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरी टोलीद्वारा दुबै जनालाई पक्राउ गरि ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रबक्ता डीएसपी ओमप्रकाश खनालले धनकुटा प्रेसलाई जानकारी दिए ।

दुबै बालिकाको उद्धार गरिएको र नीज दुबै व्यक्तिमाथि अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी कसूरमा जाहेरी लिई अनुसन्धान भैरहेको साथै जिल्ला अदालत मोरङबाट मिति २०८१ जेठ ९ गतेको फैसला आदेश अनुसार याख्खाको ८ वर्ष ६ दिन र विकको ६ वर्ष २ महिना ६ दिन कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कैद सजाय तोकी फरार रहेको अभिलेखबाट देखिएको पनि डीएसपी खनालले बताएका छन् ।

  • dhankutapress

थप